गृह जिल्लामा भेटघाटमा ब्यास्त मुख्य मन्त्री आचार्य शनिवार पाणिनिमा आउने

शिवराज बेल्वासे / अर्घाखाँची 

लुम्बिनी प्रदेश सरकारका मुख्य मन्त्री चेतनारायण आचार्य यतिबेला जिल्लाका विभिन्न स्थानमा जनप्रतिनिधि तथा जनभेटघाटमा ब्यस्त हुनुहुन्छ । जिल्लाका ६ वटै स्थानीय तहमा पुगेर पालिकाका खास समस्या र जनस्तरका आवस्यकता तथा खास स्थिति बुझ्ने उद्धेश्यमा भेटघाट केन्द्रीत गर्दै मुख्य मन्त्री आचार्य आफ्नो गृह जिल्ला अर्घाखाँची आउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

यसबीच भोलि मुख्य मन्त्री आचार्य जिल्लाको पाणिनी गाउँपालिकामा आउनुहुने भएको छ । गाउँपालिकाको केन्द्र दुर्गाफाटमा मन्त्री आचार्यले जनप्रतिनिधि तथा भेट गर्न इच्छुक आम सर्वसाधारण सङ्ग भेटघाट गर्नुहुने कार्यक्रम तय भएको छ ।

मन्त्री आचार्य भोलि भुमिकास्थान नगरपालिका लगायतका भेटघाट सकेर दिनको ३ बजे पाणिनिमा आउनुहुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार