लुम्बिनी प्रदेशका मुख्य मन्त्री चेतनारायण आचार्यलाई पाणिनी गाउँपालिका अर्घाखाँचीमा भब्य स्वागत गरिएको छ ।
शनिबार पालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा गौतम, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने , गाउँपालिका पुर्व अध्यक्ष अच्युत गौतम, उपाध्यक्ष लक्ष्मी गौतम सहित आठ वटै वडाका अध्यक्ष , जनप्रतिनिधि, कर्मचारी सहित स्थानीय सर्वसाधारणहरुको उल्लेख उपस्थितिमा आचार्यलाई बधाई तथा शुभकामना प्रदान गर्दै स्वागत गरिएको हो ।
स्वागत कार्यक्रममा बोल्दै मुख्य मन्त्री आचार्यले अर्घाखाँची जिल्लाका लागि प्रयाप्त बजेट बिनियोजन भएको र यसको कार्यान्वयनमा सहयोग गर्न अनुरोध गर्नु भएको थियो । आफू मुख्य मन्त्री बनेको ४४ दिनमा केही शुरुआत भएको भन्दै त्यसलाई निरन्तरता दिन सके प्रदेश सफल हुने बताउनु भएको थियो । प्रदेश सफल हुँदा सबै सफल हुने भन्दै एक्लो प्रयासमा केही नहुने र जनस्तरबाट आफुले सहयोगको अपेक्षा गरेको बताउनु भएको थियो ।
कार्यक्रममा पालिकाको तर्फबाट मागपत्र हस्तान्तरण गर्दै योजना दिन र सहयोग गर्न मन्त्री आचार्यलाई अध्यक्ष टेकराज न्यौपानेले आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा पालिका उपाध्यक्ष नर्मदा गौतम्ले स्वागत मन्तव्य र जिल्ला समन्वय समितिका अध्यक्ष जिवनारायण कोइराला, पुर्व गाउँपालिका अध्यक्ष अच्युत गौतम, नेकपा एमालेका कुटमदिन अलि, नेपाली काङ्ग्रेसका तुल्सिराम पौडेल, माओवादी केन्द्रका भोजराज घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले गर्नुभएको थियो ।