शोभाखर पन्थी / अर्घाखाँची
नेकपा एमालेका नेता मुकुन्द ज्ञवालीको निधन भएको छ ।जेष्ठ कम्युनिष्ट मञ्च लुम्बिनी प्रदेश कमिटीका सदस्य रहनुभएका उहाँको उपचारको क्रममा आइतवार वुटवलमा निधन भएको हो । अर्घाखाँचीको छत्रदेव-१ चिदीका निवासी ७२ बर्षीय ज्ञवाली केही महिना यता क्यान्सर रोग बाट पिडित हुनुहुन्थ्यो ।
आदर्श आधारभूत विद्यालय चिदीकामा प्रधानाध्यापक तथा सोही विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष रहेर काम गरिसक्नु भएका उहाँ जिल्लाको स्थापित नेता तथा अग्रज समाजसेवी हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरलाई पवित्र रिडी घाटमा अन्तिम दाहासंस्कार गरिएको छ । दिवंगत नेता ज्ञवालीलाई नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्वर भुसालले पार्टीको झण्डा ओडाएर अन्तिम श्रध्दाञ्जलि अर्पण गर्नुभयो ।उहाँप्रति श्रद्धासुमन प्रकट गर्दै अध्यक्ष भुसालले ज्ञवालीको निधनले नेकपा एमालेलाई अपुरणीय क्षति भएको बताउनु भयो । दिवंगत नेता ज्ञवाली अर्घाखाँचीको पूर्वी ईलाकाको बलियो खम्वा हुनुका साथै पार्टीलाई अप्ठ्यारो परेको बखत हरेक अबस्थामा साथदिने जुझारु नेता भएको उहाँको भनाइ थियो । दिवंगत नेता ज्ञवालीले मुलुकको राजनीतिक परिवर्तनमा महत्वपुर्ण योगदान पुर्याएको स्मरण गर्दै अध्यक्ष भुसालले उहाँ समाज रुपान्तरण र परिवर्तनको निम्ति निरन्तर संघर्षसिल राजनीतिक ,शैक्षिक तथा सामाजिक व्यक्तित्व भएको वताउँदै दिवंगत नेताका अपुरा सपना पुरा गर्ने प्रतिबद्धता समेत प्रकट गर्नु भयो ।
रिणी घाटमा गरिएको अन्तिम संस्कार कार्यक्रममा अध्यक्ष भुसालका अतिरिक्त छत्रदेव गाउँपालिकाका उपाध्यक्ष तथा नेपा एमालेकी नेतृ मनि शर्मा पन्थी,नेकपा एमालेका जिल्ला उपाध्यक्ष शम्भुप्रसाद पोख्रेल,एमाले नेताहरु ध्रुव पाण्डे,प्रकाश ज्ञवाली,माधव पन्थी,रामजी पाण्डे,तेजु प्रसाद खनाल,नरबहादुर आले , नेपाली कांग्रेस छत्रदेव पालिका कमिटीका सभापति लगायत ठुलो संख्यामा दाजुभाई र आफन्तजनको उपस्थिति उपस्थिति रहेको थियो ।
एमाले नेता मुकुन्द ज्ञवालीको निधनले पार्टीलाई अपुरणीय क्षति भयो: अध्यक्ष भुसाल
तपाईको प्रतिक्रिया