२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

असोज १९ गते एमाले पाणिनिले पालिका कमिटिको दोस्रो अधिवेशन गर्ने

शिवराज बेल्वासे / अर्घाखाँची ।

बुधबार पाणिनी गाउँपालिकाको केन्द्र दुर्गाफाटमा बसेको एमाले गाउँपालिका कमिटीको पुर्ण बैठकले आउदो असोज १९ गते पालिका कमिटिको दोस्रो अधिवेशन गर्ने निर्णय गरेको छ ।
कार्यवाहक अध्यक्ष गुनाखर अधिकारीको अध्यक्षतामा बसेको बैठकले कार्तिक मसान्तसम्म वडा कमिटीका अधिवेशन सम्पन्न गर्ने र मिति वडा कमिटीको बैठकबाट तय गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको एमाले पाणिनिले बताएको छ । साथै पालिका अधिवेशनका लागि वडाबाट समानुपातिक प्रतिनिधित्व हुनेगरी प्रतिनिधिहरुको छनोट गर्न सङ्ख्या र मापदण्ड निर्धारण पनि गरेको छ ।
अधिवेशनलाई ब्यवस्थित र सभ्य बनाउन मुल ब्यवस्थापन समिती तथा विभिन्न उपसमितिहरुको गठन पनि गर्दै आफुहरु अधिवेशनमा केन्द्रित भएको सो पार्टीले जनाएको छ ।
बैठकले अधिवेशन सम्पन्न गर्न ५ सय १ सदस्य रहेको मुल ब्यवस्थापन समिती गठन गरेको छ । यस्तै गुनाखर अधिकारीको संयोजकत्वमा साङ्ठनिक तथा आर्थिक उपसमिति , त्रिभुवन पाण्डेको संयोजकत्वमा प्रचारप्रसार उपसमिति , हरि पोख्रेल संयोजक रहेको प्रतिनिधि ब्यवस्थापन उपसमिति , डिलाराम घिमिरेलाइ आर्थिक उपसमितिको संयोजकमा चयन गरेको छ । त्यसैगरी मंच ब्यवस्थापन उपसमितिको संयोजकमा वसन्त के. सि. र खाजा तथा पानी ब्यवस्थापन उपसमितिको जिम्मेवारी प्रकाश भुसालले पाएका छन ।
यस्तै नर्मदा गौतमलाई अतिथि सत्कार र बामदेव घिमिरेलाई स्वयं सेवक परिचालन उपसमितिको संयोजकमा जिम्मेवारी दिइएको एमाले पाणिनिले जनाएको छ ।


साथै बैठकले पछिल्लो समय सामाजिक संजाल र संचार माध्यम मार्फत पार्टिका जिम्मेवार नेता कार्यकर्ताबाट पार्टीको आन्तरिक जिवनमा असर पर्ने अभिव्यक्ति दिने गरेको र निष्ठावान कार्यकर्तालाई निरास पार्ने स्टाटस तथा बिचारहरु आएको प्रती गम्भीर ध्यानाकर्षण भएको भन्दै पार्टीलाई कमजोर बनाउने कुनैपनी गतिविधि संचालन नगर्न नेतृत्वलाई सुझाव समेत दिने निर्णय गरेको छ । साथै कसैले यश निर्णय बिपरित पार्टी जिवनमा असर पर्ने कुनै अभिव्यक्ति दिने तथा गतिविधि संचालन गरेमा कार्वाही गर्ने समेत निर्णय गरेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार