२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

पाणिनी गाउँपालिकाले गर्यो उत्कृष्ट नतिजा ल्याउने शिक्षक बिद्यार्थी सहित शैक्षिक ब्याक्तित्वहरुलाई सम्मान

शिवराज बेल्वासे / अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाले शैक्षिक सत्र २०८० मा उत्कृष्ट नतिजा प्राप्त गर्ने बिधालय, बिद्यार्थी , शिक्षक, ब्यवस्थापन समिती, शैक्षिक क्षेत्रमा उच्व योगदान दिने ब्याक्तित्वहरुलाई आज एक बिशेष कार्यक्रमको आयोजना गरि सम्मानपत्र सहित सम्मान गरेको छ । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा कक्षा १२ मा प्रथम हुने फर्सवाटाकुरा माबी , कक्षा १० र ८ मा प्रथम हुने जनसेवा माबी सहित विषयगत बिधामा उत्कृष्ट जिपिए प्राप्त गर्ने शिक्षक, तथा समग्र नतिजामा उत्कृष्ट बिद्यार्थीहरु सम्मानित भएका हुन ।

सम्मान कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले जिल्लामै पाणिनी गाउँपालिका स्वास्थ तथा शिक्षा क्षेत्रमा सेवा प्रवाहको हिसावले अब्बल रहेको भन्दै त्यसको निरन्तरताको लागि थप मेहनत गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कोइरालाले शिक्षाको समग्र बिकासमा शिक्षाकको प्रमुख भुमिका हुने भन्दै पालिकाले शिक्षकहरूको सम्मानमा देखाएको भुमिका सराहनीय रहेको र अझ मनोवल उच्च बनाउने गरि लाग्न आग्रह गर्नुभएको छ ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका पालिका अध्यक्ष टेकराज न्यौपानेले शिक्षकहरूले ल्याएका योजना आफुहरुले सहस्र ग्रहण गर्ने भन्दै शिक्षाको बिकासमा जे जति गर्नुपर्ने छ त्यसका लागि रचनात्मक सुझाव आफुले खोजिरहेको बताउनु भएको छ ।

शिक्षक , विद्यार्थी सम्मानले मात्रै आफुहरुले प्रयाप्त गरेको महशुस नभएको भन्दै हरेक समस्या समाधानको अगुवाइ गर्न सक्ने बिज्ञता  शिक्षकसङ्ग हुने त्यसका लागि पालिकाले गर्न सक्ने कुरामा कमि महसुस हुन नदिने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष नर्मदा गौतमले शिक्षण जस्तो सम्मानित पेशामा आवद्ध शिक्षकहरूको सम्मान गर्न पाउदा आफू गर्भित भएको भन्दै यस्ता कार्यक्रमहरुले निरन्तरता पाउने बिश्वास ब्याक्त गर्नुभएको छ ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले उत्कृष्ट नतिजा ल्याउने सम्पुर्णलाई शुभकामना दिदै त्यसको निरन्तरता र अरुलाई अनुसरण गर्न समेत सुझाव दिनुभएको छ ।

यस्तै कार्यक्रममा सामाजिक समितिका सभापति तथा वडा न. ३ का अध्यक्ष युवराज ज्ञवालीले हरेक क्षेत्रको बिकासको प्रारम्भ  शिक्षाको बिकासबाट हुने भन्दै त्यसका लागि आफुहरु एकमतले यस क्षेत्रको बिकासमा लागिरहेको र त्यसका लागि सुझाव सल्लाहको अपेक्षा सधैव गरिरहने बताउनुभयो ।

यस्तै ब्यवस्थापन समिती गाउँपालिका महासङ्घ पाणिनीका अध्यक्ष तुल्सिराम पौडेलले शिक्षाको बिकास नै बिकासको मेरुदण्ड भएको भन्दै त्यसका लागि आवस्यक सबै रणनीति कार्यन्वयन गर्न सुझाव दिदै पुरस्कृत हुने सबैलाई शुभकामना दिनु भएको थियो ।

शिक्षक गोविन्द पौडेलले शिक्षकलाई प्रविधि मैत्री बनाउन पालिकाले योजना ल्याउन सुझाव दिनुभएको छ ।

कार्यक्रममा पाणिनी गाउँपालिका भित्रका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य , कर्मचारी, प्रधानाध्यापकहरु, शिक्षक,  तथा विद्यार्थी तथा शैक्षिक ब्याक्तित्वहरुको उपस्थित रहेको थियो ।

कार्यक्रम शिक्षा शाखा प्रमुख तेजबहादुर खनालको संचालनमा भएको थियो । पाणिनी गाउँपालिकाले बिगतका वर्षहरु देखिनै प्रत्येक शैक्षिक सत्रमा उत्कृष्ट नतिजा दिने शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार