२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

सन्धिखर्क नगरपालिकाले गर्‍यो नाैमती पञ्चे बाजा हस्तान्तरण

हिम जि. सि. ( लेकाली) / अर्घाखाँची ।

सन्धिखर्क नगरपालिकाले श्रृजनशिल नाैमति पन्चे बाजा समूह सनपा १२ डिभर्ना लाई एक सेट नाैमती पन्चे बाजा प्रदान  गरेकाे छ ।
सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ ले साे पन्चे बाजा समुहकी अध्यक्ष निमकला ताम्राकारलाई  हस्तान्तरण गर्नु भएकाे छ ।  सन्धिखर्क नगरपालिकाकाे अार्थिक सहयाेगमा  सिकाई प्रबर्द्धन र सामाग्री हस्तान्तरण कार्यक्रम अन्तरगत  यी बाजा प्रदान गरिएकाे हाे ।

गत अासार २४ गते साे कार्यक्रम अन्तरगत उक्त पन्चे बाजा समुहका १५ जना महिलाहरूले सन्धिखर्क नगरपालिका बाट तालिम लिएका हुन् ।
साे तालिमकाे प्रशिक्षण  राष्ट्रिय जन सांस्कृतिक महासंघ केन्द्रीय सदस्य ,कलाकार शिव शाहले  प्रदान गर्नु भएकाे थियाे ।

सामाग्री बितरण गर्दै  नगर प्रमुखले  याे सिप  कलाले  महिलाहरू अात्म निर्भर बनाउन सहयाेग पुर्याएकाे बताउनु भयाे ।  निरन्तर कला साधनाले मात्र सक्षम कलाकार बनाउन सहयाेग पुर्याउने भएकाेले साधनालाई निरन्तरता दिन अाग्रह गर्नु भयाे।

बाद्यबादनमा दमाहा २ सेट ,सहनाई २ सेट टेमकुलाे १ सेट ,ढाेलकि १ सेट ,कर्नाल १ सेट ,नरसिंह १ सेट ,झ्याली १ सेट गरि ९ थान बाजा रहेका छन् ।
याे बाजा समूह कि टिम क्याप्टेन पार्बता श्रेष्ठ  र   संयाेजकमा मिना श्रेष्ठ रहनु भएकाे छ ।
कार्यक्रममा  प्रमुख प्रशासकीय अधिकृत  खुमलाल भुसाल ,६ नं. वडा अध्यक्ष श्रीधर महत्रा ,७ नं बडा अध्यक्ष चुराबहादुर के.सि . सामाजिक ब्यक्तित्व बिष्णु परियार समेतकाे उपस्थिति  रहेकाे थियाे ।

सबै महिलाहरूमात्र रहेकाे  याे टाेलीकाे बाद्यसिप र उत्साहले अरू महिलादिदी बहिनिहरूलाई  उत्साहित  र  प्रेरित गरेकाे देखिन्छ ।
याे  संस्कृति विकासले  अब जात बिशेषले मात्र बाजा बजाउने नभएर सबैले कला  सिक्दै जानाले नयाँ पुस्तामा कला हस्तान्तरित हुने र  जुगाै सम्म  कला संस्कृतिकाे  संरक्षण  र सम्बर्द्धन हुने  सुनिश्चितता  देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार