प्रमुख जिल्ला अधिकारी अर्याललाई दलित अधिकारकर्मीहरुको स्वागत

अर्घाखाँची जिल्लामा भखरै मात्र सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललाई अर्घाखाँची जिल्लामा दलित अधिकारकर्मीले सयुत्त रूपमा आज स्वागत तथा परिचात्मक कार्यक्रम सम्पन्न सम्पन्न गरेका छन ।

हालै सरूवा भई आउनु भएका प्रजिअ अर्याललाई स्वागत तथा परिचात्मक कार्यक्रममा मन्तब्य राख्दै दलित अधिकारकर्मीका संयोजक बिष्णु परियारले जिल्लामा दलित समुदायहरूले भाेग्नुपरेका समस्या समाधानका उपायका खोज्न प्रजिअकाे भुमिका महत्त्वपूर्ण हुने भएकोले संविधानले प्रदान गरेका हक अधिकार अनुसार प्रशासनिक तथा अन्य अधिकारकाे ग्यारेन्टी हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा प्रजिअ अर्यालले दलित समुदायका समस्या प्रती आफू जिम्मेवार र प्रतिवद्ध रहेको बताउदै आफू जिल्लामा रहुन्जेलसम्म यस्ता समस्याको निराकरणकाे लागि पहल गर्ने साथै समतामूलक समाज निर्माणकाे लागि लागिरहने बताउनुभयो ।

कार्यक्रममा अधिकारकर्मी सन्जय नेपाली, राम ब. परियार, शिव परियार, दिपक परियार, रामकृष्ण बिश्वकर्मा, लक्ष्मण नेपाली लगायतको उपस्थिति रहेको थियाे ।

दिनेश सुनार विकल्पकाे सञ्चालनमा सम्पन्न कार्यक्रममा ईन्सेक प्रतिनिधि कुल ब. नेपाली लगायत दलित अगुवाकाे सहभागीता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली पाणिनि न्युज डट कमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार