अर्घाखाँची/असौज -८
नेकपा माओवादी केन्द्नकी नेतृ कमला भण्डारीलाई पितृ शोक परेको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य भण्डारीका पिता मोतिप्रसाद भण्डारीको ८८ वर्षको उमेरमा निधनभएको हो ।
गुल्मी जिल्ला धुर्कोट गाउँ पालिका वडा नं.-५ बस्तु निवासी भण्डारी विगत ४ वर्ष देखी काठमाण्डौमा बस्दै आउनु भएको थियो । शनिवार राति मस्तिष्कघात भई एक्कासी बेहोस हुनु भएका उहाँको उपचारको शिलशिलामा आइतवार शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाण्डौमा निधन भएको थियो । उहाँको पार्थिव शरीरलाई सोमवार पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ ।
लामो समय देखी ग्रामिण क्षेत्रमा बसेर सामाजिक कामकाज गर्दै आउनु भएका उहाँ स्थापित समाजसेवी हुनुहुन्थ्यो ।
दिवङ्गत भण्डारी नेकपा माओवादी केन्द्र सन्धिखर्क नगर कमिटीका अध्यक्ष कृष्णहरी भुसालका ससुरा वुवा समेत हुनुहुन्छ ।
स्वर्गीय भण्डारीका श्रीमती , एक छोरा र ५ छोरी हुनुहुन्छ ।
भण्डारीको निधन प्रति दु:ख व्यक्त गर्दै विभिन्न संघ संस्थाहरुले समवेदना प्रकट गरेका छन् ।
माओवादी नेतृ भण्डारीलाई पितृ शोक
तपाईको प्रतिक्रिया