६ फाल्गुन २०८१, मङ्लबार
६ फाल्गुन २०८१, मङ्लबार

मेरो मायामा पानीको छाल बनी आउनु

 

सिर्जना : अमित न्यौपाने
पाणिनी-७, अर्घाखाँची ।
मेरो मायामा पानीको छाल बनी आउनु तिमी
पानीले भरिएको मायाको ताल बनी आउनु तिमी

हाम्रो नाता सम्बन्ध  यस्तो होस् कि गरिबलाई
भोको मलाई  मायाको थाल बनी आउनु तिमी

तिम्रो मायाले रुझेको म  मायाको सम्बन्धमा
आच  आउँदा न्यानो पाल बनी आउनु तिमी

हरियाली खुसियाली बसन्त रितुलाई जस्तै
मेरो जीवनमा नंया साल बनी आउनु तिमी

रुपको त महारानी हो  तर मेरो घर  आउँदा
असल सभ्य अनि  बबाल बनी आउनु तिमी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (20%)
  • दुःखी (60%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (20%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार