मेरो मायामा पानीको छाल बनी आउनु

 

सिर्जना : अमित न्यौपाने
पाणिनी-७, अर्घाखाँची ।
मेरो मायामा पानीको छाल बनी आउनु तिमी
पानीले भरिएको मायाको ताल बनी आउनु तिमी

हाम्रो नाता सम्बन्ध  यस्तो होस् कि गरिबलाई
भोको मलाई  मायाको थाल बनी आउनु तिमी

तिम्रो मायाले रुझेको म  मायाको सम्बन्धमा
आच  आउँदा न्यानो पाल बनी आउनु तिमी

हरियाली खुसियाली बसन्त रितुलाई जस्तै
मेरो जीवनमा नंया साल बनी आउनु तिमी

रुपको त महारानी हो  तर मेरो घर  आउँदा
असल सभ्य अनि  बबाल बनी आउनु तिमी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार