२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

छाँया हस्पिटल प्रा. लि . अर्घाखाँचीमा शुरु भयो Ct scan सेवा

अर्घाखाँचि
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न.१ शान्ति बगैंचा पुलचोक स्थित छाया हस्पिटल प्रा.लि.ले आज देखी Ct scan सेवा संचालन गरेको छ ।
छाया मेडिकल, छाया पोलिक्लिन हुदै छाया हस्पिटल प्रा. लि. संचालन गरेको यस प्रालि जिल्लाकै महत्त्वपूर्ण हस्पिटलमा परिचीत छ । प्रत्येक महिना साप्ताहिक रुपमा बाहिरबाट विशेषज्ञ डाक्टरहरु ल्याइ जिल्ला बासिको मन जित्न सफल यस हस्पिटल जिल्लाकै भाग्य बिधारक बनेको छ ।
असाहय अशक्त तथा गरिबीको रेखामुनि रहेका बिरामीहरुको निशुल्क उपचार समेत गर्ने यस हस्पिटलले रिफर बिरामीहरुको निम्ति पनि सहजीकरण गर्दै आइरहेको छ । अर्घाखाँची जिल्लाको अलवा गुल्मी, प्युठान, रोल्पा लगायतका जिल्लाबाट आउने बिरामीहरुको लागी छाया हस्पिटल रोजाइमा पर्ने गरेको छ ।

शनिबार छाया हस्पिटल प्रालि .सन्धिखर्क अर्घाखाँचीद्वारा जिल्लामा पहिलो पटक संचालित Ct scan सम्बन्धित परिचयात्मक कार्यक्रममा अर्घाखाँची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट जगन्नाथ तिवारी, न्युरो सर्जन डा. के आइ सिंह केसि, रेडियोलिस्ट डा. वसन्त शर्मा , Ent विशेषज्ञ डा. प्रकाश बस्नेत ,ग्यास्टोयोलिस्टी डा. मोहन भुसाल ,एमडि जि पि डाक्टरहरु अशोक शाह अर्घाखाँची अस्पताल , खगेन्द्र आचार्य ओम पोलिक्लिन , सागर भन्डारी छाया हस्पिटल , स्त्रीरोग विशेषज्ञ डा. निता श्रेष्ठ , काडियोलिस्ट डा. प्रदीप जङ केसी ,जिल्ला स्थित विभिन्न स्वास्थ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु , नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल लगायत जिल्लामा क्रियाशिल संचारकर्मीहरुको उपस्थित रहेको थियो ।
कार्यक्रम छाया हस्पिटल प्राली. का ब्याबस्थापक दल बहादुर केसीको अध्यक्षता छाया हस्पिटल प्रालिका काडियोलिस्ट डा. प्रदीप जङ केसिको स्वागत मन्तब्य तथा शेषकान्त घिमिरे ओसनको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार