नेशनल प्याथ ल्याब अर्घाखाँचीले गुणस्तरीय र विश्वसनीयता कायम गर्दै बिरामीलाई स्तरीय सेवा दिन थालेपछि बिरामीमा खुसि थपिएको छ ।
केही बर्ष अगाडि जिल्लाबाट सामान्य राेग पहिचानको लागि परिक्षणका लागि बुटवल, काठमाडौं जानू पर्थ्यो । तर बिगत ५ बर्ष अगाडि देखि अर्घाखाँची जिल्लाकाे सदरमुकाम सन्धिखर्कमा नेशनल प्याथ ल्याबको स्थापना सङ्गै स्तरीय र बिश्वसनिय सेवा प्रदान गर्न थालेपछि जिल्ला बासिमा खुसि थपिएको बिरामिहरु बताउने गरेका छन ।
नेपालभर मान्यता पाएकाे ल्याबको अत्याधुनिकीकरण र गुणस्तरीय सेवामा अझ विशेष ध्यान दिने बताउदै शाखा प्रमुख मिजाश आचार्यले आफ्नाे पहिलाे उद्धेश्य भनेकै जिल्लाका बिरामीकाे नमुना परिक्षण अन्यत्र जिल्लामा जान नपरोस् भन्ने भएकाे बताए। ल्याबले अर्घाखाँची जिल्लामा B ग्रेडकाे अनुमति पाएसँगै उक्त अभियानमा साथ पुगेकाे उनले बताए। ल्याबमा अहिले १०० देखि २०० जना बिरामीको रगत दिशा, पिशाब परीक्षण हुदै आएको बताउदै ल्याबले सस्तो र सुलभ रूपमा जनताको स्वास्थ्य प्रती बफादार भई काम गरेको उनको जिकिर रहेको छ ।
मात्र २५०० सयमा हाेल बाेडि समेत चेक गर्दै आएको बताउदै ल्याबमा आर्थिक अवस्था कमजोेर भएका विपन्न वर्गका बिरामीका लागि निःशुल्क जाँचको व्यवस्था समेत मिलाइएकोे शाखा प्रमुख आचार्यकाे भनाइ रहेको छ । अर्घाखाँची जिल्लामै आधुनिक र स्तरीय सामाग्री दक्ष जनशक्ति द्वारा परिक्षण गरिने बताउदै ढुक्क भएर सेवा लिन ल्याब ईन्चार्ज बिजय कुमार गुप्ताले आग्रह गरेका छन ।
ल्याबमा मुख्य गरी सुगर, थाईराईड, भिटामिन डी, भिटामिन सि, बेटाएससिजी, प्रो लेकटिङ्ग, टेस्टो टेस्ट्रिन, हेपाटाईटिस बी, हेपाटाईटिस सी, माईरल लोड भिटामिन B लगायत रगतकाे बिभिन्न रोगको ल्याब परिक्षण हुने गर्दछ । अर्घाखाँची जिल्लामा उत्त संस्थामा ४ जना ल्याब टेक्निसियन ३ जना BMLT लगायत अन्य कर्मचारी छन् कराेडाैकाे लगानीमा स्थापनामा ल्याबले जिल्लामा रहेका सबै अस्पताल , क्लिनिक , पाेलिक्लनिक लगायतका संस्थामा सङ्कलित नमुना ल्याई आफ्नोमा परिक्षण गरि कम समय र कम लागतमा रिपोर्ट दिई विश्सनियता कायम गर्दै आएको छ ।
आगामी दिनमा जिल्लामा थप सेवा सुविधा सङ्गै सबै परिक्षण जिल्लामै गर्न तयारी गरेको शाखा प्रमुख आचार्यले बताएका छन । आचार्य शाखा प्रमुख भए सङ्गै जिल्लामा उत्त ल्याबले विभिन्न संघ, संस्थासङ्गको साझेदारीमा विभिन्न परिक्षण, स्वास्थ्य शिविर लगायतका काममा उल्लेखनीय काम गर्दै नेशनल प्याथ ल्याबकाे बिश्वसनियतालाई उचाइमा पुर्याएको धेरै सेवा ग्राहिको अनुभूतस रहेको छ ।
सरल, नरम स्वभाव भएका आचार्यमा केही गराै भन्ने हुटहुटी छ शैक्षिक याेग्यता दक्षताकाे हिसाबले उनी प्राविधिक हाेईनन् तर उनले गर्ने व्यहार प्राविधिककाे भन्दा कम छैन, जसले गर्दा उनले संस्थाले बिश्वसनियतामा कमि आउन नदिएको धेरैको बुझाई रहेको छ ।