नेकपा एमाले पाणिनी गाउँपालिका कमिटी अर्घाखाँचीको दोस्रो अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले गुणााार अधिकारीको अध्यक्षतामा ६० सदस्यीय पालिका कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।
नव निर्वाचित कमिटिको उपाध्यक्षमा माधव गौतम र सचिवमा झविन सुनाम रहनुभएको छ ।
निर्वाचित कमिटिको पदावधि ३ वर्षको हुने एमालेले जनाएको छ । यश अघि हिजो शितगङ्गा नगरपालिकामा पनि एमालेले नगर अधिवेशन सम्पन्न गरिसकेको छ ।
यश अघि आजै सम्पन्न खुल्ला सत्र पालिका कमिटिका कार्यबाहक अध्यक्ष गुनाखर अधिकारीको अध्यक्षता र एमाले केन्द्रिय सदस्य बोम बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यमा साम्पन्न भएको हो ।
कार्यक्रममा एमाले नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।