पाणिनी गाउँपालिका वडा न. ६ धातिवाङ्गले दोस्रो वडा अध्यक्ष कप क्रीकेट प्रतियोगिता हुने भएको छ । वडा कार्यालयले आज एक सुचाना जारी गर्दै प्रतियोगिता बारे जानाकारी गराएको हो ।
आउदो कार्तिक ९ गते उद्घाटन हुने कृकेट प्रतियोगितामा सहभागीहरुलाई दुई समुहमा बिभाजन गरि राउन्ड रोबिन लिगका आधारमा खेलाइने भएको छ ।
lbw बाहेक अन्य नियमहरु icc को नियम अनुसार खेलाइने आयोजकले जानाकारी गराएको छ ।
फाइनल बाहेकका सबै खेल १० ओभरमा खेलाईने र फाइनल खेल १५ ओभरमा खेलाईने भएको छ ।
खेलमा सहभागी हुन पाणिनी गाउँपालिका भित्रका वडाका खेलाडिहरुले सहभागिता जनाउन पाउने छन ।
वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलद्धारा हस्ताक्षर गरिएको सुचनामा एक समुहका खेलाडी एउटै वडाभित्रका बासिन्दा हुनुपर्ने उल्लेख गरिएको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार , ट्रफी र मेडल साथै दोस्रो हुनेले नगद २५ हजार ट्रफी र मेडल प्राप्त गर्ने छन । प्रतियोगितामा बिधागत पुरस्कारको समेत ब्यवस्था गरिएको छ ।
गतवर्ष धातिवाङ्गले प्रथम वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता संचालन गरेको थियो ।खेल धातिवाङ्गकाे थामकाचाैर खेल मैदानमा हुने वडा कार्यालय धातिवाङ्गले जनाएको छ ।




