४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

तिहारमा प्लास्टिकका माला प्रयोग नगर्न पाणिनी गाउँपालिकाको अनुरोध

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाकाले फुलहरुको पर्व दिपावलीको अवसरमा प्लास्टिक जन्य माला तथा फुलहरुको प्रयोग नगर्न आग्रह गरेको छ ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गरि चाडपर्व मनाउन आज एक अपिल जारी गरि गरि गाउँपालिका बासीहरुमा पालिकाले अनुरोध गरेको हो ।
पालिकाले गरेको अपिलमा प्लास्टिक रहित तिहार पर्व मनाउदै स्थानिय रुपमा उत्पादित पुष्पहरुको प्रयोग गर्न अनुरोध गरेको हो ।
जारी गरेको अपिलमा स्थानिय रुपमा पुष्प व्यावसाय गरिरहेका ३ जना व्यावसायिहरुको विवरण र ठेगाना समेत खुलाएको छ । साथै पालिकाभित्र रहेका अन्य पुष्प व्यावसायिहरुलाई पालिकामा सम्पर्क गर्न अनुरोध गरेको छ ।
पाणिनी गाउँपालिकामा हाल पाणिनी ७ का सुदन न्यौपाने, पाणिनी ७ कै मुम बहादुर थापा र पाणिनी ६ का दीक्षा पौडेलले पुष्प ब्यावसाय गरिरहेको छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार