४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

लायन्स क्लब अफ अर्घाखाँची पाणिनीको वर्ष २०२४÷२५ का लागि पदस्थापन कार्यक्रम सम्पन्न

कमला घिमिरे
अर्घाखाँची, १५ कात्तिक । लायन्स क्लब अफ अर्घाखाँची पाणिनीको वर्ष २०२४/२५ का लागि पदस्थापन कार्यक्रम लायन्स क्लब अफ अर्घाखाँची पाणिनीको लायन बर्ष २०२३÷२४ का अध्यक्ष तारा पोख्रेलबाट लायन बर्ष २०२४/२५ को लागि अध्यक्ष अर्जुन पोख्रेललाई पदस्थापन गरिएको छ । जसको प्रथम उपाध्यक्षमा राजेन्द्र पौडेल, द्धितिय उपाध्यक्षमा विष्णुभक्त पोख्रेल, सचिवमा घनश्याम पौडेल, कोषाध्यक्षमा कृष्ण गैरे सहितलाई पद हस्तान्तरण कार्यक्रम आज सम्पन्न गरिएको छ ।

लायन्स क्लब अन्तर्राष्ट्रिय 325M नेपालका गभर्नर लायन चण्डी प्रसाद अर्याल, IPDG भिमलाल पौडेल, VDGS लायन धनिराम बराल, सेकेन्ड VDG रत्न पराजुली, , पाणिनि ३ का वडा अध्यक्ष युवराज ज्ञवाली, क्लस्टर चिफ रामचन्द्र भट्टराई, डिपाटमेन्ट हेड रबिन्द्र पोख्रेल, PRO IN Chief डोलराज पोखरेल, रिजन चेयर प्रर्सन हरि प्रसाद पान्डे लगायतको उपस्थिति रहेको थियो ।

मानविय, सामाजिक सेवामा क्रियाशिल लायन्स क्लब देशकै उत्कृष्ट क्लब मध्येको क्लबको रुपमा स्थापित गर्न पाएको लायन्स क्लब अन्तर्राष्ट्रिय 325M नेपालका गभर्नर लायन चण्डी प्रसाद अर्यालको भनाई रहेको छ ।
नेपालमा पहिलोपटक सन् १९७१ मा लायन्स क्लब अफ विराटनगरका नाममा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको नेतृत्वमा स्थापना भएको थियो । अहिले नेपालमा करिब दुई हजार क्लब स्थापना भइसकेका छन् । लायन्स क्लबको मुख्य उद्देश्य समाज सेवा गर्ने हो । क्लबले शिक्षा, स्वास्थ्य र प्राकृतिक विपद्को समयमा सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार