आविस्कार घिमिरे/ दक्षिण कोरिया
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले मौलिक संस्कृतिलाई जोगाउने र दिपावलीमा मनोरञ्जन लिँदै चाड मनाउने उद्देश्य सहित विशेष रूपमा आयोजना गरेको सुपादेउराली देउसी भैलो तथा सांस्कृतिक साँझ २०२४ सम्पन्न भएको छ।
नोभेम्बर २ साझ आयोजना गरेको यस कार्यक्रम सौल स्थित निक नेपाल ट्रावर्सको सभा हलमा सम्पर्क मञ्चका का ब अध्यक्ष बाबुराम पोखरेलको अध्यक्षतामा र कार्यवाहक राजदूत पुष्पराज भट्टराईको प्रमुख अतिथित्वमा सम्पन्न भएको हो ।
प्रमुख अतिथि पुष्पराज भट्टराईले मौलिक संस्कृतिहरूको विशेष महत्व हुने र आगामी दिनहरूमा पनि मञ्चले यसैगरी नेपालीहरूको मौलिक सांस्कृतिक झल्कने गरि कार्यक्रमहरू आयोजना गरि यसलाई जगेर्ना गर्नको निम्ति सुझाव दिदै धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा एनआरएन अध्यक्ष बुद्धि गुरुङ, प्रवासी मजदुर युनियन सङ्घका अध्यक्ष उदय राई लगायत अन्य अथितिहरुले पनि आफ्नो भनाई राख्नुभएको थियो । संस्थाका सचिव मिलन केसीको संयोजकत्वमा आयोजना गरिएको कार्यक्रम सुपा देउराली देउसी भैलो तथा सास्कृतिक साँझ २०२४ मा उपस्थित हुनुभएका कार्यभायक राजदूत , अन्य विशिष्ट अथितिहरु ,अतिथिहरू , कलाकार लगायत उपस्थित सम्पूर्णमा मन्चले धन्यवाद दिएको थियो ।