३ चैत्र २०८१, आइतवार
३ चैत्र २०८१, आइतवार

घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको उपभोक्ता शिक्षा कार्यक्रम आज छत्रदेबमा सम्पन्न

उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपभोगका लागि सचेत गराउन घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले उपभोक्ता शिक्षा कार्यक्रम बिहिवार छत्रदेब गाउँपालिकाकाे नेपाल राष्ट्रिय माध्यमिक विधालयमा सम्पन्न गरेको छ ।

उपभोक्तामा सचेतना अभिवृद्धि गर्न समुदाय र विद्यालयस्तरमा उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरिएको घरेलुु तथा साना उधाेग कार्यालय अर्घाखाँची प्रमुख दुर्गा न्याैपाने बताउनुभयो । कार्यक्रममा प्रमुख न्याैपानेले वस्तु तथा सेवाको उपभोग गर्दा उपभोग्य मिति, मूल्य, कारोवारस्थलमा सूचनापाटी मूल्यसूची भए÷नभएको हेर्ने,उत्पादकको नाम ठेगाना, वस्तुको तौल, उत्पादन मिति हेरेर मात्र बस्तु खरीद गर्ने, बस्तु खरीद गर्दा बिल अनिवार्य माग्ने, अखाद्य वा कमसल उपभोग्य वस्तु तथा सेवाको बिक्री वितरण भएको पाइएमा प्रहरी, जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहमा उजूरी दिनेलगायत विषयमा प्रशिक्षण गराइएको बताउदै धेरै उपभोक्तालाई यस्ता विषयमा ज्ञान छैन् भने ज्ञान भएका उपभोक्ताले वस्तु खरीद गर्दा व्यवहारमा कार्यान्वयन नगर्ने गरेकोले उपभोक्ता शिक्षा अति आवश्यक रहेको बताउनुभएको छ । कमसल वा अखाद्य वस्तुको प्रयोगबाट कुनै किसिमको हानी भएमा उपभोक्ताले क्षतिपूर्तिको दाबीसहित उजूरी गर्न सक्ने प्रावधान पनि छ ।
यस कार्यक्रमबाट उपभोक्तामा जागरण आउने विश्वास गरिएको छ । आफूहरुले पाएको शिक्षालाई अब व्यवहारमै कार्यान्वयन गर्ने कक्षामा सहभागी उपभोक्ताले बताएका छन् । समुदायपछि विद्यालयस्तरमा उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियोे । कार्यक्रममा विधालयका प्रधानाध्यापक दुर्गा प्रसाद आचार्यले सहजीकरण गर्नु भएको थियाे । कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका करिब ८० जनाकाे सहभागीता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार