६ फाल्गुन २०८१, मङ्लबार
६ फाल्गुन २०८१, मङ्लबार

नेपाल घरेलु तथा साना उद्योग महासंघ अर्घाखाँचीकाे सम्मेलन सम्पन्न

हिम जि. सि. लेकाली/ सन्धिखर्क ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ  अर्घाखाँचीकाे साताैं साधारण सभा तथा जिल्ला सम्मेलन  शुक्रबार   सन्धिखर्कमा सम्पन्न भएको  छ  ।
प्रमुख अतिथि   जिल्ला  समन्वय समिति  प्रमुख जीव नारायण काेइरालाले उद्घघाटन समाराेहमा   मन्तव्य ब्यक्त गर्दै महासंघ काे गरिमा र महत्वलाई बुझाउन सकियाे भने घरेलु उद्यमिहरू लाई टेवा पुग्ने बताउनु भयाे ।   उहाँले यस संस्थाकाे श्रीबृधीमा   नेपाल सरकार  घरेलु कार्यालय  , स्थानीय तह लगायतले महत्त्वपूर्ण  भुमिका खेलि अभिभावकत्व निभाउनु पर्ने बताउनु भयाे ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका  उद्योग अधिकृत दुर्गा न्याैपानेले संस्थाकाे विकासकाे निम्ति कार्यालयले   साथ सहयाेग प्रदान गर्ने  बताउनु भयाे । यसै गरि कार्यक्रममा नेपाल पत्रकार महासंघ का काेषाध्यक्ष रूद्रमणि भुसाल ,उद्योग बाणिज्य संघका सचिव सन्ताेष बस्नेत ,चेम्बर अफ कमर्शका प्रबक्ता हरि प्रसाद भुसाल ,अर्घाखाँची व्यापार संघका बरिष्ट उपाध्यक्ष लक्ष्मीनारायण चुँदाली  र बरिष्ट पत्रकार सहयाेगी बि.सि. ले शुभकामना मन्तव्य राख्नु भएकाे  थियाे ।
हिम जि. सि . लेकाली काे अध्यक्षता मा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष याेगेन्द्र खड्का र सन्चालन महासचिव रामहरि भुसालले गर्नु भएको थियाे ।
अधिबेशनकाे बन्द शत्रले सर्बसम्मत रूपमा मुल समिति र महिला उद्यमी समितिकाे गठन गरेकाे छ ।
मुल समितिकाे अध्यक्षमा रामहरि भुसाल ,  नि . बर्तमान अध्यक्ष (पदेन )  हिम जि सि लेकाली   बरिस्ठ उपाध्यक्ष रूद्र सुनाम ,उपाध्यक्ष रमा खत्री ,महिला अध्यक्ष (पदेन ) अबिना अाचार्य , महा सचिव ,बिष्णु परियार ,काेषाध्यक्ष ,बसन्ता सारू ,सदस्यमा क्रमश जित  बहादुर वि क ,भिम बहादुर विक ,सदस्य माया अाले ,मिनाकला उपाध्याय ,आशा के. सि . रामचन्द्र रायमाझी  ,अमर बि. क ,रहनु भएको  छ ।
त्यसै गरि महिला समितिकाे अबिना अाचार्य ,नि.ब. अध्यक्ष मन्जु केसि ,वरिष्ठ उपाध्यक्ष ममता अधिकारी ,उपाध्यक्ष हिमकला जि . सि. महासचिव सनम टण्डन ,काेषाध्यक्ष सरस्वती क्षेत्री ,सदस्यहरूमा  क्रमश भगवती  जि . एम . लक्ष्मि श्रेष्ठ ,सीता दमासे ,बसन्ता के. सि , अनिता खनाल ,नमिता चुँदाली ,पुष्पा अधिकारी रहनु भएकाे छ।
अधिबेशनमा प्रतिवेदन प्रस्तुत ,अागामी बर्षकाे कार्यक्रमकाे बारे  छलफल र अनुमाेदन प्रदेश समितिकाे प्रतिनिधिकाे चयन समेत गरियकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार