एमाले खिदिमको अधिवेशन सम्पन्न, अध्यक्षमा वसन्त के. सि. निर्विरोध

शिवराज बेल्वासे / पाणिनी ।   अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा न:३ खिदिममा नेकपा एमालेले वडा अधिवेशन सम्पन्न गरेको छ ।  अधिवेशनले बसन्त के. सि. को अध्यक्षतामा २३ सद्स्यिय वडा कमिटि निर्बिरोध निर्वाचित गरेको छ।
निर्वाचित कमिटिको उपाध्यक्षमा सान्तराज गौतम, सचिव त्रिभुवन पाण्डे र उपसचिवमा  बिकास भुसाल रहनुभएको छ ।


अधिवेशन एमाले प्रदेस कमिटि सद्स्य कुट्मदिन अलिको प्रमुख आतिथ्य र कार्यवाहक अध्यक्ष सान्तराज गौतमको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा एमाले नेता तथा जिल्ला समन्वय सभापति जिवनारायण कोइराला, जिल्ला उपाध्यक्ष शम्भु पोख्रेल, जिल्ला सचिब तोजबहादुर रायमाझि ,  जिल्ला सल्लाहकार परिषद संयोजक टेकराज न्यौपाने , जिल्ला कमिटी सदस्य कमल घिमिरे, गोबिन्द बहादुर के. सि., महिला नेतृ नर्मदा गौतम, जिल्ला कमिटी सदस्य पार्वता सुनार, सुर्य के. सि. पाणिनि गाउँपालिका कमिटि सचिव झबिन सुनाम लगायत एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार