३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्छ: सन्धिखर्क नगर प्रमुख श्रेष्ठ

कसैले चाहेर अपाङ्गता नहुने नभएकाले अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताउनुभएको छ ।

राष्ट्रिय अपाङ्ग महासघ लुम्विनी प्रदेशले आज अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको ३३ औँ अन्र्तराष्ट्रिय अपाङ्गता दिबसको अबसरमा आयोजित दिप प्रज्जवलन कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख श्रेष्ठले यस्तो बताउनुभएको हो । श्रेष्ठले कसैले चाहेर अपाङ्गता नहुने बताउदैे अपाङ्गता भएका व्यक्तिलाई सम्मान गर्न आग्रह गदै नगरपालिकाले अपाङ्गलाई सदैब सहयोग गर्ने बताउनुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षता सचिब सन्तोष पन्थीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्य , साझेदारी संस्थाका अगुवा, जिल्लामा क्रियाशिल अपाङ्गताका अगुवा, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार