अर्घाखाँची १८, मसिर
३३ औँ अन्र्तराष्ट्रिय दिबसको अबसरमा लामो समयदेखि अपाङ्गताको क्षेत्रमा काम गर्ने अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा न. १ मा रहेको निर्मल नवज्योति सुस्तमनिस्थति विधालयका प्रधानाध्यापक कमला भुसाल आज सम्मानित हुनुभएको छ । लामो समयदेखि अपाङ्गताको क्षेत्रमा काम गरेको मुल्याङकन गदै डोसल्ला र प्रशासा पत्र सहित भुसाललाई राष्ट्रिय अपाङ्ग महासघ लुम्विनी प्रदेशका अध्यक्ष हुमनाथ अधिकारी प्रदेश सभासद रामजी प्रसाद घिमिरे नगर प्रमुख लगायतले उहाँलाई एक कार्यक्रमकका बीच सम्मान गरेका हुन् । भुसालले कोही पनि कसैले चाहेर अपाङ्गता नहुने नभएकाले अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन गरी सम्मान व्यबहार गनुपर्ने भन्दै निरन्तर रुपमा अर्घाखाँचीमा आबाज बुलन्ध पार्ने साहाशी महिला समेत हुन् । उनले जिल्लामा निर्माणधिन भौतिक सरचना र अन्य सबालमा समेत बढो चासोका साथ आबाज बुलन्द पादै आइएकी छिन् । उहाँको घरमा समेत आफ्नै २७ बर्षीय छोरा पुर्ण रुपमा अपाङ्ग छन् । तर पनि आफ्नो छोरा भन्दा विधालयमा रहेका अन्य ठाँउमा रहेका अपाङ्ग बालकालिका अन्य अपाङ्ग व्यक्ति सगसगै रमाउन पाउदा खुसि मान्ने महिला अधिकारकर्मी समेत हुनुहुन्छ । भुसाल घरमा अपाङ्ग छोरा हुदाहुदै पनि उनी आफ्नो छोरा भन्दा विधालयका अपाङ्ग विधार्थीको लागि विहानै देखि साझ सम्म निरन्तर खट्दै अपाङ्गताको क्षेत्रमा काम गर्ने अबसरमा मिलेकोमा आफुलाई भाग्यशाली सम्झनुभएको छ ।
निर्मल नवज्वोति सुस्तमनिस्थति विधालयका प्रधानाध्यापक भुसाल सम्मानित
नेपाली पाणिनि न्युज डट कमका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया