३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

अपाङ्गता भएका ब्याक्तिहरुको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ, सभासद : घिमिरे

अर्घाखाँची, १८ मसिर 

लुम्विनी प्रदेशका माननिय सभासद तथा भौतिक पुर्वाधार विकास समितिका सभापति रामजि प्रसाद घिमिरेले लुम्बिनी प्रदेश सरकार अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ  । मङ्गलबार अर्घाखाँचीको सन्धिखर्कमा राष्ट्रिय अपाङ्ग महासङ्घ  लुम्बिनी प्रदेशको आयोजनामा आयोजित ३३ औँ अन्तरास्ट्रिय  अपाङ्गता दिबसको रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्तब्य राख्दै सभासद घिमिरेले यस्तो बताउनु भएको हो ।

घिमिरेले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार सुनिश्चित गर्न प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको बताउदै नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपुर्वक बाच्न पाउने अधिकारको सुनिश्चिता गरेको बताउदै संविधानले अपाङ्गताको लागि शिक्षा, स्वास्थ्य, रोजगारी लगायत राज्यबाट प्रदान गरिने सार्वजनिक सेवा, सुविधा र अवसरहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँच स्थापित गर्दै राज्यका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्न प्रदेश सरकारले कानुनी आधार समेत निर्माण गरेर अघि बढ्न संविधानले सबैलाई मुल प्रबाहमा ल्याउनका लागि ऐन समेत पारित गर्ने बताउनु भएको छ ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, मालारानी गाँउपालिकाका अध्यक्ष दल ब. भट्टाराई, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, राष्ट्रिय मानब अधिकार लुम्बिनी प्रदेशका कार्यालय प्रमुख हरि प्रसाद ज्ञवाली,गैरसरकारी संस्थाका अध्यक्ष ठाकुर अधिकारी , ईन्सेक प्रतिनिधि कुल ब नेपाली, श्रृजनशिल अपाङ्गता सरोकार मन्चका अध्यक्ष फर्शुराम पाण्डे लगायतले कार्यक्रममा मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा सन्धिखर्क नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख पुष्षा भुसाल , राष्ट्रिय अपाङ्ग महासङ्घ लुम्बिनी प्रदेश सचिबालय सदस्य कमला परियारले अपाङ्गताको बारेमा जिल्लाको, नगरको बारेमा समष्टिगत रुपमा बर्तमान अबस्था बारे प्रकाश पार्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षता र राष्ट्रिय अपांग महासङ्घ अर्घाखाँचीका अध्यक्ष तारापती क्षेत्रीको स्वागत मन्तव्यमा सङ्गै शुभारम्भ भएको थियो ।  संस्थाका सचिब सन्तोष पन्थीको सञ्चालनमा सम्पन्न कार्यक्रममा अपाङ्गता अगुवा, अधिकारकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, मानबअधिकारकर्मी लगायतका ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार