३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

सहकारीले विकास र समृद्धिको लागि उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्छ : नगर प्रमुख श्रेष्ठ

सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले सहकारीले बिकास र समृद्धिको लागी उत्पादन क्षेत्रमा लगानि गर्नुपर्ने बताउनु भएको छ । डोलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो साधारणसभाको आज सन्धिखर्कमा उद्घाटन  गर्दै  नगर प्रमुख श्रेष्ठले यस्तो बताउनुभएको हो ।

नगर प्रमुख श्रेष्ठले सहकारीले बचत ऋणको सेवा मात्रै प्रदान गर्नु भन्दा उत्पादन मुलक र नयाँ क्षेत्रमा लगानी गरि बिशिष्टीकृत सेवा प्रदानगर्नुपर्नेमा जोड दिदै सहकारीले आर्यआर्जन र आत्मनिर्भरता तर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभएको छ । श्रेष्ठले नगरले सहकारीको नियन्त्रण, नियमन र अनुगमन गरी नगरभित्र रहेका सहकारीको विकासको लागि नयाँ आयाम थप्ने बताउनुभयो । कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा न. २ का अध्यक्ष तथा नगर प्रबक्ता मोतिजङ्ग रायमाझी , पत्रकार महासंघका सहसचिब अनिल नेपाली , समाजसेबी शिब प्रसाद पोख्रेल लगायतले कार्यक्रममा सफलताको शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा जेष्ठ नागरिक पुरुष टेक सुनार विश्वकर्मा महिला सावित्रा देबी बन्जाडे ,कुष्ण भुसाल उत्कृष्ण बचतकर्ता दामोदर बन्जाडे महिला तर्फ सरिता पौडेल, फोन पे तर्फ मधु खनाल, महिला तर्फ यमकला सारु , रेमिटान्स तर्फ महिला गिता भुसाल, पुरुष जितेन्द्र खत्री, मोबाईल बैकिङ्ग तर्फ डुककला भुसाल, पुरुष तर्फ नारायण मिया उत्कृष्ण कर्मचारी कबिता केसी र विपना खत्री , समाचार प्रकाशन र प्रशारण गरे बापत नेपाल पत्रकार महासघ अर्घाखाँची शाखालाई नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष मोतिराज शर्माले साङ्गठनिक प्रगति प्रतिवेदन, शारदा खनाल भुसालले लेखा प्रशिक्षण प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष मोतिराज शार्माको अध्यक्षता, कोषाध्यक्ष दिपक केसीको सञ्चालन,  उपाध्यक्ष शुक्रदेब बेल्बासेको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा संस्थाका शेयर सदस्य सञ्चारकर्मी लगायत अन्य आगुन्तुकहरुको सहभागिता रहेको थियो । संस्था स्थापनाको छोटो समयमै अर्घाखाँची जिल्लामा सामाजिक क्षेत्रमा र अन्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार