जनताको सुख दु:खको साथी अहिले सहकारी बनेको छ । जनतालाई आपत विपदको समयमा समेत हातमुख जोर्नेको लागि आर्यआर्जनमा जोड्ने देखि सीपमुलक तालिम समेत प्रदान गरेको साना किसान कृषि सहकारी संस्था लिमिटेड खाँचीकोटले सहकारीमा नयाँ कार्यक्रम ल्याउदा सहकारीका सदस्य मात्र नभई अन्य आगुन्तुक समेत खुसी छन् ।
साना किसान सहकारी संस्थाकि समुह न. ११२ की सिता नेपाली शेयर सदस्य थिइन्, उनले संस्था बाट संचालित सदस्य संरक्षण कार्यक्रम अन्तरगत रु.८४०० जम्मा गरी संस्थाले ल्याएको कार्यक्रममा सहभागि भईन् र उनको गत मंसिर ३ गतेका दिन ५४ वर्षको अल्पआयुमै मुत्यु भयो र सिता नेपालीले ईक्छाएको ब्यक्ति उनकोे छोरा लक्ष्मण नेपाली लाई करार अनुसारको रु.९०,००० नेपाल सरकारको नियमानुसारको कर कट्टी पश्चात आउने रकम बराबरको चेक संस्थाका अध्यक्ष चन्द्रावती पोख्रेलले हस्तान्तरण गनुभयो । हस्तान्तरण गर्दै पोख्रेलले सहकारी जनताको सुख दु:खको सारथि भएकोले यसमा आबद्ध भई आर्यआर्जनमा जोडिन आग्रह समेत गनुभएको छ । सहकारीले शेयर सदस्यका बीचमा ल्याएका कार्यक्रम प्रभाबकारी बनाउनुपर्नेमा जोड दिदै सहकारीमा आबद्ध हुन आग्रह समेत गर्नुभएको छ ।
सहकारीका प्रबन्धक बिष्णु मरासिनीले संस्थाका सदस्यको बीमा गर्दा सदस्यलार्ई फाइदा हुने बताउदै सहकारीका सदस्य पनि असुरक्षित भएकोले भवितव्य भइहाले उनका घरपरिवारलाई आर्थिक तनाव नहुने र यस्ता कार्यक्रमले सहकारी शेयर सदस्यलाईनै फाईदा हुने बताउनु भएको छ ।