सन्धिखर्क नगरपालिका अर्घाखाँचीको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज एक कार्यक्रमका बिच समापन भएको छ ।
सन्धिखर्क नगर कार्यपालिका सदस्य कृष्णा भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अथिती जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोईराला रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी कोइरालाले लैङ्गिक हिंसा विरुद्धको अभियान १६ दिन मात्र नभइ ३६५ दिन नै ब्यवहार परिवर्तन गर्ने गरि हरेक घर र समुदाय स्तरमा चल्नुपर्नेमा जोड दिनुभएको थियो । कोइरालाले १६ दिनको कार्यक्रममा सिमित नभई जो हिंसामा परेका छन् उनिहरुको लागि अनुभुति हुनेगरि यस्ता कार्यक्रमहरु प्रभावकारी बन्नुपर्नेमा जोड दिनुभएको हो ।
कार्यक्रममा बिशिस्ट अतिथि प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल लगायत बोल्ने अन्य बक्ताहरुले पनि महिलाहरूलाई अवसर प्रदान गरि सुरक्षीत महशुस हुने गरि हरेक घर हिंसा मुक्त बन्न सकेमात्र यस्ता अभियानले सार्थकता पाउने बताएका थिए ।
सन्धिखर्क नगरपालिकाले १६ दिने अभियान अन्तरगत गरेका कार्यक्रमको उद्देश्य सहितको प्रतिवेदन महिला, बालबालिका, जेष्ठ नागरिक तथा सामाजिक बिकास शाखा प्रमुख बेल कुमारी बेल कुमारी परियारले प्रस्तुत गर्नुभएको थियो भने लैङ्गकि हिसा सम्बन्धि घटेका घटनाहरुको तथ्यांक सहित प्रतिबेदन जिल्ला प्रहरी कार्यालयले प्रस्तुत गरेको कार्यक्रमको संचालन महिला, बालबालिका, जेष्ठ नागरिक तथा सामाजिक बिकास शाखाका तुलसा श्रेष्ठले गर्नुभएको थियो ।