हिम लेकाली
मंसिर २९, अर्घाखाँची
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी अर्घाखाँचीकाे बैठक शनिवार मदन स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएकाे छ ।
कमिटी का अध्यक्ष शाेभाखर पाण्डेकाे अध्यक्षता र सचिव ऋषिराम पन्थीकाे सन्चालनमा सम्पन्न बैठकले अागामि पुस २७ गते सदरमुकाम सन्धिखर्कमा संगठनकाे दशाैं जिल्ला अधिवेशन गर्ने निर्णय गरेकाे छ ।
जस्काे लागि जिल्लाका वडातह सम्मबाट समावेशी प्रतिनिधित्व बनाई ल्याउनका लागि कार्यसमितिका पदाधिकारी सदस्यहरूलाई जिम्मा प्रदान गरेकाे र प्रतिनिधि चयनकाे काम पुस २० सम्म सक्याउनु पर्ने समितिका उपाध्यक्ष प्रकाश श्रेष्ठले बताउनु भयाे ।
अधिबेशन भब्य रूपमा सम्पन्न गर्न जिल्ला कमिटी का पदाधिकारिकाे अर्काे बैठक बसि सम्पूर्ण काम काे जिम्मा र अावश्यकिय उपसमितिहरू समेत बनाईने उहाँले जानकारि दिनु भयाे ।
राष्ट्रिय युवासंघ नेपाल अर्घाखाँचीकाे बैठक सम्पन्न
तपाईको प्रतिक्रिया