३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

देउसी भैलोको बचत रकमबाट ५० प्रतिशत रकम सामाजिक कार्यमा सहयोग

अस्लम अलि
छत्रदेव / अर्घाखाँची ।

महेन्द्र क्लब छ्त्रदेब गाउँपालिका अर्घाखाँचीले
२०८१ सालको देउसी भैलो कार्यक्रम संचालन गरेर  देउसी भैलोबाट उठेको रकमबाट खर्च कटाएर बचेको रकमको ५०% सामाजिक कार्यमा खर्च गरेको छ ।
बढ्दै गरेको जाडोमा छत्रदेव गाउँपालिका ३ नम्बर वडा का ५ वटै सामुदायिक बिधालयमा अध्ययन गर्ने बिद्यार्थिहरुलाई न्यानो उपहारमा सहयोग अभियानमा ट्रेक सुट टोपी वितरण कार्यमा क्लबको तर्फबाट नगद रु ७०००।- सहयोग रकम हस्तान्तरण गरेका थियो ।

यस्तै अझ छत्रदेव गाउँपालिका भित्र रहेका चार वटा सामुदायिक बिधालय र प्राथमिक स्वास्थ्य केन्द्र, अर्बुण आधारभूत बिधालय , छ्त्रदेब २ जन जागृति आधारभूत बिधालय छ्त्रदेव २, बाल बिकास आधारभूत बिधालय
छ्त्रदेब १, राम आधारभूत बिधालय छ्त्रदेव ४ र
एउटा बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र छ्त्रदेब २ मा गरि ५ थान तातो चिसो पानी आउने उपकरण ( water dispensar ) हस्तान्तरण गरेको छन ।

बिधालयका बिद्यार्थी, शिक्षक, बिधालयमा आउने अभिभावक तथा स्वास्थ्य केन्द्रमा सेवा लिन आउने सेवाग्राहीहरुलाई मध्यनजर राखी बिधालय र स्वास्थ्य केन्द्रमा पुगि क्लबले उक्त सामग्री हस्तान्तरण गरेको हो  ।

साथै केही समयमा विभिन्न ठाउँमा विभिन्न किसिम फलफुलका बिरुवा गर्ने क्लबले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार