अर्घाखाँची ।
जिल्लाको पाणिनी गाउँपालिका वडा न. ७ सतिनेटामा रहेको जिल्लाकै शैक्षिक इतिहास बोकेको शिवमदन माध्यमिक बिद्यालयले आफ्नो ५४ औं वार्षिकोत्सब समारोह विविध कार्यक्रमहरु सहित सोमबार भब्यरूपमा सम्पन्न गरेको छ ।
बिद्यालयले स्थापनाको ५४ वार्षिकोत्सब समारोह उत्कृष्ट बिद्यार्थी सम्मान, विविध खेलकुद कार्यक्रम सहित मनाएको हो ।
वार्षिकोत्सब समारोहमा पबित्रा देबि अक्षयकोषबाट कक्षा १२मा जिल्ला प्रथम, बिद्यालय प्रथम र see मा बिद्यालय प्रथम हुने विद्यार्थीलाइ नगद पुरस्कार सहित प्रमाण पत्रले सम्मान गरेको छ । यस्तै गोदार माता पिता अक्षयकोषबाट पनि उत्कृष्ट बिद्यार्थिलाई नगद पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा बिद्यालयले वार्षिकोत्सबको पुर्वसन्ध्यामा संचालन गरेका विभिन्न खेलकुद लगायत विभिन्न कार्यक्रममा सर्वोत्कृष्ट बिद्यार्थि हरुलाई समेत पुरस्कार बितरण गरिएको थियो । बिद्यालयले संस्थापक प्रधानाध्यापक शंकर पन्थीलाई दोसल्ला ओडाएर सम्मान पत्रले सम्मान गरेको छ । सो अवसरमा बिद्यार्थिहरुले समुहगत रुपमा विभिन्न सास्कृतिक कार्यक्रम सहित नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले शिक्षाको बिकासमा शिवमदन माध्यमिक बिद्यालयले खेलेको भूमिकाको प्रसंशा गर्दै जिल्लाको पुरानो शैक्षिक इतिहासलाई अनुकरणीय बनाउनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका न्यौपानेले शिक्षा सफल हुँदा समाज देश परिवर्तन सम्भव रहेको बताउनुभयो । कार्यक्रममा त्रिभुवन बिश्वबिद्यालयका प्राध्यापक डा. मोहन पन्थी, पाणिनी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने, वडा न ७ का वडा अध्यक्ष गुनाखर अधिकारीको बिशिस्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा छिमेकी बिद्यालय विद्याविनोद माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद घिमिरे, नेपाल राष्ट्र बैंकका उपनिर्देशक रमेश न्यौपाने, पुर्व शिक्षक, छिमेकी बिद्यालयका प्रधानाध्यापकहरु, स्थानिय समाजसेवि, बुद्धिजिवि, बिधालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष एवम पदाधिकारी लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक राजेन्द्र प्रसाद पौडेलले बिद्यालयको आर्थिक तथा समसामयिक अवस्था झल्काउने प्रतिवेदन प्रस्तुत गर्दै बिद्यालयको वर्तमान अवस्थाको बारेमा बताउनुभएको थियो ।
बिद्यालयका शिक्षक, अभिभावक, बिद्यार्थि सहित स्थानीय सरोकारवालाहरुको उपस्थितिमा सम्म्पन्न कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तुल्सिराम पौडेलको अध्यक्षता र शिक्षक सीता बन्जाडेको संचालनमा सम्म्पन्न भएको हो।