१५ बैशाख २०८२, सोमवार
१५ बैशाख २०८२, सोमवार

नमुना बचत तथा रिण सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारण सभा सप्पन्न

नमुना बचत तथा रिण सहकारी संस्था लिमिटेड पाणिनी गाउँपालिका वडा न. ७ अड्गुरिको २१ औं वार्षिक साधारण सभा आज सप्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले सहकारीमा सहकार्य र सह-अस्थित्वको मर्म अनुसार चल्नुपर्नेमा जोड दिनुभएको छ ।सहकारी प्रती जनगुनासो बढीरहेका बेला न्युनतम ब्याजदरमा रिण प्रवाह गरिरहेको प्रती नमुना सहकारीलाई धन्यवाद समेत दिनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका न्यौपानेले नगद तरलता कम गर्न ब्याजदर अझ घटाउनुपर्ने, सरल र सहज रिण प्रवाहमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा बोल्दै पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले सहकारीलाई जनताको आवस्यकतामा प्रयोग गर्नुपर्ने बताउनुभएको छ । न्यौपानेले नमुना सहकारीको व्यवस्थापन र प्रदान गरेको सेवा उदाहरणीय भएको बताउदै साधारणसभा सफलताको शुभकामना दिनुभएको थियो ।

यस्तै कार्यक्रममा मन्तव्य राख्दै जिल्ला समन्वय समितिका सदस्य कमल प्रसाद घिमिरेले समयानुसार लगानीका स्रोत, कर्मचारीका समस्या लगायतका बिषयमा ध्यान दिनुहुन अनुरोध गर्नुभएको थियो ।

यस्तै कार्यक्रममा मन्तव्य राख्दै पाणिनी गाउँपालिका वडा न. ७ अड्गुरिका अध्यक्ष गुनाखर अधिकारीले सहकारीका माध्यम बाट लघु तथा कृषि कर्जा प्रवाह गरेर किसानका समस्यामा सङ्गै रहनु सहकारीको प्रशम्सायुक्त काम भएको बताउनुभयो ।

अधिकारीले किसानले गरेको उत्पादनलाई बजारिकरण गर्न र आवस्यक रिण प्रवाहमा समेत बिशेष व्यवस्था गर्न अनुरोध गर्नुभएको छ ।

कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, सङ्घ संस्थाका प्रमुख, संस्थाका पुर्व पदाधिकारी, शेयर सदस्य तथा जनप्रतिनिधि, पत्रकार लगायत  सामाजिक ब्याक्तित्वहरुको उपस्थिति तथा आतिथ्य रहेको थियो ।

कार्यक्रममा आर्थिक तथा साङ्गठनिक प्रतिवेदन र भावी योजनाहरु समेत प्रस्तुत गरिएको थियो ।

संस्थाका अध्यक्ष सुर्य प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचीव तुल्सिराम पौडेलले गर्नुभएको थियो ।

९ सय ५७ शेयर सदस्य रहेको यस सहकारीले कृषि, शिक्षा लगायत शेयर सदस्यहरुको आवस्यकताका आधारमा बचत तथा रिणको कारोबार गर्दै शेयर सदस्यको मन जित्न सफल भएको छ ।

कार्यक्रममा सेवाक्षेत्रका सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थी मध्ये see र कक्षा १२ मा उत्कृष्ट छात्र छात्रा साथै अन्य बिधामा समेत विभिन्न ब्याक्तित्वहरु सम्मानित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार