३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

बाबुराम भुसाल बचाउ अभियानबाट सङ्कलित रकम पौडेलद्धारा हस्तान्तरण

न्युज सम्बाददाता / पाणिनी न्युज डटकम

पाणिनी गाउँपालिका वडा न. ३ खिदिम आम्बोट स्थायी घर भएर हाल अस्थायी रुपमा बुटवलको बेल्वासमा बस्दै आउनुभएका बाबुराम भुसाल जटिल रोगका कारण पिडामा पर्नुभएको थियो । मध्यम आर्थिक अवस्था भएका भुसालको उपचारका लागि आर्थिक अभाव भएको भन्ने सुचना पाएपछी पत्रकार तथा सामाजिक अभियान्ता माधव पौडेलले अभियान संचालन गर्नुभएको थियो ।

बाबुराम भुसाल बचाउ अभियानको ४८ घण्टे अभियानबाट सङ्कलन भएको रु ५७ हजार ९ सय ९२ रुपैयाँ बाबुराम भुसालकी श्रीमती अनिता घिमिरे भुसालकै समझदारीमा बिरामी बाबुराम भुसालको ग्लोबल आइ एम इ बैंकमा रहेको खातामा  ट्रान्सफर गर्नुभएको छ। उहाँलाई भेटेर नै सहयोग रकम दिने चाहाना गरेका पौडेलले  स्वास्थ्यमा आएको समस्याको कारण खातामा रकम पठाएको बताउनु भएको छ ।

साथै उहाँले भुसालको स्वास्थ्य लाभको कामना गर्दै अभियानलाई देश तथा विदेशमा रहेर पनि सफल बनाउनको लागि सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति आभार ब्याक्त गर्नुभएको छ ।

पौडेलले यस अघि पनि विभिन्न कारणले समस्यामा परेका पिडित ब्याक्तिहरुलाई अभियान संचालन गर्दै सहयोग गर्दै आउनुभएको छ । यसका अलवा सामाजिक बिकृती र बिसङ्गतिका विरुद्ध निर्भीक रुपमा कलम चलाउदै पत्रकारिता पेशालाई समेत बिगत लामो समयदेखी निरन्तरता दिदै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (75%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (25%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार