३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

निरन्तर सामाजिक सेवामा सक्रिय पौडेलले गरे सहयोग रकम हस्तान्तरण

न्युज सम्बाददाता / पाणिनी न्युज डटकम

पाणिनी गाउँपालिका वडा न. २ पोखराथोक (साबिक मजुवा) निवासी ५८ वर्षका रुपलाल बि.क. खुट्टामा आएको घाउ बढ्दै गइ खुट्टा नै काट्नुपर्ने अवस्थामा पुगेर युनाइटेड मिसन अस्पताल पाल्पामा उपचार गराइरहनुभएको छ । ज्याला मजदुरी गरि परिवार पालेका बिकको  उपचारका लागि आर्थिक अभाव भएपछी पत्रकार तथा सामाजिक अभियान्ता माधव पौडेलले अभियान संचालन गर्नुभएको थियो ।

रुपलाल बिक बचाउ अभियान अन्तर्गतको ७८ घण्टे अभियानबाट सङ्कलन भएको रु १ लाख ६०हजार २५ रुपैयाँ  रुपलाल बिककी श्रीमती शान्ता बिकलाई  हस्तान्तरण गर्नुभएको छ ।
पाणिनी गाउँपालिका वडा नं २ पोखराथोकको वडा कार्यालयमा एक कार्यक्रम गरी सो रकम हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा पाणिनी गाउँपालिका वडा नं २ का अध्यक्ष चन्द्रकान्त पौडेल, वडा सदस्य गोविन्द पेग्नि , प्रहरी चौकी खिदिमका असइ टेकबहादुर ठाडा मगर, प्रहरी चौकी खिदिमका हवलदार वीरेन्द्र चौहान,
पर्यटन समाजका सचिव केशव बन्जाडे साथै समाजसेवी व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
पौडेलको यो अभियान सफल बनाउनको लागि देश तथा विदेशबाट सहयोग गर्नुहुने सहयोगी मनहरूप्रति आभार प्रकट गर्दै दाताहरूले गरेको यो सहयोग माया अनि स्नेह लाई आफुले कहिले पनि विश्वासघात नगर्ने बताउदै आफ्ना हरेक अभियानहरूमा साथ अनि सहयोगको पनि अपेक्षा राख्नुभएको छ ।

पौडेलले यस अघि पनि विभिन्न कारणले समस्यामा परेका पिडित ब्याक्तिहरुलाई अभियान संचालन गर्दै सहयोग गर्दै आउनुभएको छ । यसका अलवा सामाजिक बिकृती र बिसङ्गतिका विरुद्ध निर्भीक रुपमा कलम चलाउदै पत्रकारिता पेशालाई समेत बिगत लामो समयदेखी निरन्तरता दिदै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार