३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

अर्घाखाँचीको सन्धिखर्कमा जन्मभुमि अस्पतालको स्थापना , औपचारिक उद्घाटन माघको पहिलो साता हुने

अर्घाखाँची जिल्लाकाे सन्धिखर्कमा आजदेखि अर्को एक अस्पतालको स्थापना भएको छ । आज जन्मभुमि अस्पतालले कर्मचारीकाे स्वागत सहित अस्पतालकाे सेवा सुरु गरेको हो  । जिल्ला अस्पतालमा कार्यरत डा. नवीन पाैडेल, डा. काशिकान्त यादबले दैनिक रूपमा सेवा दिने गरि अस्पताल संचालनमा ल्याइएको अस्पतालमाका कार्यकारी निर्देशक डिल ब. थापाले बताउनुभएको छ ।  थापाका अनुसार अस्पतालमा २४ घण्टा नै ओपिडि सेवा, आकस्मिक सेवा, जनरल सेवा, ल्याब, भिडियो एक्सरे र न्युनतम मुल्यमा ओैषधी वितरण गरिने भएको छ ।

अस्पतालमा गरिब,निमुखा, अपांगता भएका ब्याक्ती, गाउँपालिका  र नगरपालिकाका सिफारिसका आधारमा निशुल्क उपचार गरिने जानाकारी दिदै थापाले अरू अस्पताल र पाेलिक्लनिकले भन्दा बिरामीको सेवा स्तरीय रुपमा प्रदान गर्ने बताउनु भएको छ ।

कार्यक्रममा भुमिकास्थान नगरपालिका वडा न. ७ का अध्यक्ष रामचन्द्र ढुङ्गाना, पत्रकार अनिल नेपाली लगायतले मन्तब्य राख्नु भएको थियोे । कार्यक्रम जन्मभुमि अस्पताल विकास समितिका अध्यक्ष राम प्र. पोख्रेलको अध्यक्षता र  सचिव दिपक खासुकाे सञ्चालनमा भएको हो ।

कार्यक्रम काेषाध्यक्ष बलराम घिमिरेकाे स्वागत मन्तब्य सअहित शुरु भएको कार्यक्रममा कर्मचारी, चिकित्सकलाई परिचयपत्र, टीका र खादाद्धारा स्वागत गरिएको थियो । कार्यक्रममा अस्पतालबाट उपलब्ध हुने सेवा सुविधा लगायतका बारेमा जानकारी गराईएकाे थियोे । अस्पतालकाे ओैपचारिक उद्घाटन माघ महिनाको पहिलो साता  हुने भएपनि अनौपचारिक रुपमा अस्पतालले निरन्तर सेवा दिने थापाले जानकारी गराउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (92%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (8%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार