३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

मैदानको वडा स्तरीय भलिबल प्रतियोगिता सुरु

कमला घिमिरे , अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा -५ मैदानको वडा स्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ ।

स्वास्थ्यको लागि खेलकुद रास्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना गरिएको पाणिनी गाउँपालिका वडा नम्बर -५को आयोजनामा वडा स्तरीय भलिबल प्रतियोगिता कार्यक्रमको उद्वघाटन गर्दै गाउँपालिका उपाध्यक्ष नर्मदा गौतमले खेल भनेको मनोरञ्जन मात्र नभई शरीर तन्दुरुस्त हुनुका साथै खेलले आफ्नो स्वाभिमान पनि चिनाउने कुरा व्यक्त गरिन ।

त्यस्तै गौतमले लुम्बिनीमा बलिबल खेलको राम्रो सम्भावना रहेको र यही खेलले जिल्ला हुदै राट्रलाई चिनाउने समेत बताइन् । खेल र खेलाडीहरु को लागि पालिका बाट सक्दो सहयोग हुने बताइन् ।

कार्यक्रममा वडा-५ का वडा अध्यक्ष इन्द्रमणी घिमिरेको अध्यक्षता रहेको थियोे भने प्रमुख अतिथि पाणिनी गाउँपालिका अध्यक्ष नर्मदा गौतम,बिशिस्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्योपाने,अतिथिहरु धनसिङ्ग सुर्यबर्सी,पार्वता सुनार,खेल ब्यवस्थापन समिति अध्यक्ष ठाकुर अधिकारी, सचीव दिपक बेल्वासे,अर्थ कुमार चौधरी,प्रेमनारायण गैरे,बिनोद जिसि,मेघराज घिमिरे,लगायतको उपस्तिथि रहेको थियोे ।

प्रतियोगितामा प्रथमले १२हजार द्वितीयले ८ हजार, तृतीयले ४ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

कार्यक्रम पाणिनी ५ मैदान साविक ७ अमजाको खेल मैदान सुरु भएको छ । समावेश ७ टिम आज भोलि गरि २ दिन खेल्ने आयोजकले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार