३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

रीटर्नी फेडेरेसन नेपाल अर्घाखाँचीकाे दाेस्राे जिल्ला अधिवेशन सम्पन्न,  अध्यक्षमा पुन मित्रमणि मिश्र चयन

हिम जिसि लेकाली / अर्घाखाँची
रीटर्नी  फेडेरेसन नेपाल अर्घाखाँचीकाे दाेस्राे जिल्ला अधिवेशन मदन आश्रीत स्मृति भवन सन्धिखर्कमा शनिवार  सम्पन्न भएको  छ  ।
संगठनका अध्यक्ष मित्रमणि मिश्रकाे अध्यक्षतामा
सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय परिषद सदस्य नरेन्द्र कुमार क्षेत्रीले शुभकामना ब्यक्त गर्दै युवाहरू नै देशकाे मुख्य शक्ति भएकोले उनिहरू उत्पादन कार्यमा लागि स्वदेशमै बस्ने वातावरण सिर्जना गर्नु पर्ने बताउनु भयाे । उहाँले अहिले पार्टी र सरकारलाई  चाैतर्फि हमला भैरहेकाे स्थितिमा ,जनतालाई भ्रम पैदा गर्ने झुट्टा खबरहरूलाई चिर्दै  त्यास्ता सामाजिक सन्जालमा आउने गलत समाचारकाे भण्डाफाेर गर्न आग्रह गर्नुभयाे ।
कार्यक्रममा पार्टीका अध्यक्ष पिताम्वर भुसालले रिटर्नी फेडरेसन नेपाल अर्घाखाँची नेपालकै उत्कृष्ट संगठनकाे रूपमा पर्न सफल भएकोमा बधाई ज्ञापन गर्दै हरेक काममा पार्टीकाे साथ सहयाेग रहने बताउनु भयाे ।   रीटर्नी फेेडेरेसनका केन्द्रीय सचिव बसन्त के .सि . ले   फेडरेसनले उद्यमशिलता  सहितकाे राजनिती अगाडि सारेकाे बताउँदै संगठनले  केन्द्रमा  ” सहयाेगि ईन्भेष्टमेन्ट  कम्पनी” खाेलेकाे र यस्ले भाेलीका दिनमा देशका हरेक ठाउँमा अाैद्याेगिक क्षेत्र मा लगानी गर्ने बताउनु भयाे ।  त्यसै गरि  प्रदेश कमिटी सचिव  राजेन्द्र पन्थीले सहुलियत कर्जा लिनकाे लागि  मात्र रिटर्नीमा लाग्न नहुने बताउनु भयाे । फेडेरेसन  जिल्ला ईन्चार्ज श्रीजना आचार्यलेे अधिवेशन सफलताकाे शुभकामना ब्यक्त गर्दै  रिटर्निले आफु लाई जिल्ला कमिटी सदस्य सम्म पुर्यायकाेमा संस्था प्रति आभार ब्यक्त गर्नु भएको  थियाे ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष शम्भु प्रसाद पाेख्रेल , सचिव ताेज बहादुर रायमाझी  (बिधान ) ,सचिवालय सदस्य लिल बहादुर बि.क. जिल्ला कमिटी सदस्य कमला खनाल भण्डारी ,लक्ष्मण पराजुली ,श्रीधर महाेत्रा ,चुरा के.सि .सन्धिखर्क नगर अध्यक्ष नारायण खड्का , नगर सदस्य  प्रेम श्रेष्ठ , रिटर्नी फेडेसन प्रदेश कमिटि सदस्य हिमलाल भुसाल ,ऋषिराम खनाल ,धर्मराज पराजुली ,सन्धिखर्क १ नं.वडा अध्यक्ष लेखनाथ भण्डारी , भू .पू . सैनिक तथा प्रहरी संगठन जिल्ला अध्यक्ष क्या .ईन्द्र बहादुर खड्का , उद्योग ब्यवसायी महासंघ जिल्ला अध्यक्ष पार्वता श्रेष्ठ  , अनेरास्ववियु जिल्ला अध्यक्ष बिराज मुखिया ,खेलकूद महासंघ अध्यक्ष हेनरि बि.सि. ,प्रेस चाैतारि नेपाल जिल्ला सचिव माधव बेल्बासे  लगायतकाे आतिथ्य रहेकाे थियाे ।
अधिवेशनले सर्वसम्मत रूपमा मित्रमणि मिश्रकाे अध्यक्षतामा १७   सदस्यीय कार्य समितिकाे गठन गरेकाे छ जसकाे उपाध्यक्षमा चमन के.सि. ,बाबुराम सुनार ,सचिव बिष्णु प्रसाद भुसाल ,उप सचिव नारायण मरासिनि ,उज्वल शाह सदस्यहरूमा क्रमश पदम पाेख्रेल ,ईन्द्र बहादुर बि.क . ,बाेम बहादुर रायमाझी ,मणिराम चुँदाली ,दिपक बन्जाडे , अनन्त बि .क. ,शिवलाल भुसाल ,भेष बहादुर थापा ,नेत्र भुसाल ,दान बहादुर रायमाझी र डिलाराम  भण्डारी रहनु भएको छ ।
याे समिति पछि पूर्ण  बैठकले थप सदस्य मनाेनित गरि २१ सदस्यीय कार्य समिति  बनाउने  नव निर्वाचित अध्यक्ष मिश्रले जानकारि दिनु भएकाे छ ।
उद्घाटन कार्यक्रमकाे सन्चालन सचिव बिष्णु प्रसाद भुसाल र स्वागत मन्तब्य उपाध्यक्ष चमन के.सि. ले  गर्नु भएकाे थियाे ।
रिटर्नि फेडेरेसन नेपाल अर्घाखाँची सबै पालिका कमिटीकाे अधिवेशन सम्पन्न गरि पहिलाे जिल्ला अधिवेश सम्पन्न गर्ने जिल्लामा परेकाे छ ।   फेडेरेसनकाे  जिल्लामा  अहिले आठ सय भन्दा बढि सदस्य रहेकाे  र यस्काे  दाेस्राे राष्ट्रिय महाधिवेशन चैतकाे १६ र १७ गते सम्पन्न हुने केन्द्रीय  सचिव बसन्त  केसि ले जानकारि दिनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार