न्युज सम्वाददाता / अर्घाखाँची
नेपाल रेडक्रस सोसाइटी अड्गुरी उपशाखाले पाणिनी ७ स्थायी निवासी कृष्ण बहादुर बिकको परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
लामो समयबाट स्वास्थ्य समस्या शीत जुधिरहेका बिकको केही दिन अगाडि मृत्यु भएपछि पिडामा परेको परिवारलाई काज किरियाको लागि समेत अफ्ठेरो परेको बेला रेडक्रस जिल्ला शाखाका मन्त्री तुल्सिराम पौडेल, अड्गुरी उपशाखाका सभापति कृष्ण प्रसाद पोख्रेल, सचिव नेत्र कुवर सगितको टोलिको मृतक बिकको घरमै पुगेर राहत स्वरुप केही रासन उपलब्ध गराएको हो ।
बिकको परिवारलाई यश अघि पनि रेडक्रस जिल्ला शाखा अर्घाखाँचीले खाद्यान्न सहित घरायसी सामग्रीहरु उपलब्ध गराएर सहयोग गरेको थियो ।