आज विहानै आएको भूकम्पको धक्काले काठमाडौंबासी त्रसित भएका छन् । एन्ड्रोइट अर्थक्वेक अलर्ट सिस्टमको प्रारम्भिक मापन अनुशार तिब्बतको सिगात्सेदेखि १४ माइल नजिक केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का नेपाल, बंगालादेश, भुटान, भारत र चीनमा अनुभव गरिएको जनाइएको छ ।
भूकम्प ७ दशमलव १ म्याग्निच्युडको रहेको युएस जीओलोजिकल सर्भेले जनाएको छ । नेपाली समय अनुशार विहान ६ बजेर ५० मिनेटमा भूकम्पको धक्का अनुभव गरिएको थियो ।
भुकम्पका कारण के कति क्षति भएको छ वा छैन भन्नेबारेमा भने जानकारी प्राप्त भै सकेको छैन ।