विहानै भूकम्पको धक्का महसुस

आज विहानै आएको भूकम्पको धक्काले काठमाडौंबासी त्रसित भएका छन् । एन्ड्रोइट अर्थक्वेक अलर्ट सिस्टमको प्रारम्भिक मापन अनुशार तिब्बतको सिगात्सेदेखि १४ माइल नजिक केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का नेपाल, बंगालादेश, भुटान, भारत र चीनमा अनुभव गरिएको जनाइएको छ ।

भूकम्प ७ दशमलव १ म्याग्निच्युडको रहेको युएस जीओलोजिकल सर्भेले जनाएको छ । नेपाली समय अनुशार विहान ६ बजेर ५० मिनेटमा भूकम्पको धक्का अनुभव गरिएको थियो ।

भुकम्पका कारण के कति क्षति भएको छ वा छैन भन्नेबारेमा भने जानकारी प्राप्त भै सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार