३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

गणतन्त्रकाे बिकल्प राजतन्त्र हुनै सक्दैन : महासचिव  मनाेज भट्ट

हिम लेकाली /  सन्धिखर्क
राष्ट्रिय जनमाेर्चाका केन्द्रीय महासचिव मनाेज भट्टले गणतन्त्रकाे बिकल्प राजतन्त्र हुन नसक्ने बताउनु भएकाे छ । उहाँले सरकार सन्चालन गर्ने नेताहरूबाट बारबार कमजाेरि भएका कारण गणतन्त्र  प्रति जनतामा निरासा पलाएकाे बताउनु भयाे ।
मङ्गलवार सन्धिखर्कमा राष्ट्रिय  जनमाेर्चा अर्घाखाँचीद्धारा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै उहाँले ” ९ बर्षकाे अबधिमा ९  ओटा समिकरण र ११ वटा सरकार बनेकाे बताउँदै गणतन्त्र जनताकाे जीवन स्तर फेर्न नभएर  सरकार फेर्नकाे  लागि आए जस्ताे देखियाे , याे राम्रो भएन हामिले पुराना नेता र खराब गर्ने हरूका बिरूद्ध बाेल्नु पर्छ नेता सुधाराैं,पार्टी सुधाराैं यसाे  गर्न सकेनौ भने प्रतिगामी तत्वहरूले टाउकाे उठाउने छन् , लाेकतन्त्र खतरामा पर्ने  छ ।”
संघियता विरूद्धकाे राजधानी केन्द्रित आन्दाेलनकाे तयारि सम्बन्धि जानकारि गराउने उद्देश्यले  राष्ट्रिय जनमाेर्चा अर्घाखाँचीद्वारा आयाेजित पत्रकार सम्मेलनमा  राष्ट्रिय जनमाेर्चा जिल्ला अध्यक्ष थम्मन केसिले बिषय बस्तुमाथी प्रकाश पार्दै प्रेस बक्तब्य बाचनगरेर सुनाउनु भयाे ।
उहाँले प्रदेश तहकाे खारेजीका लागि जनदबाव श्रृजना गर्ने हेतुले संघियताका बिरूद्ध सप्ताहब्यापि राजधानी केन्द्रित आन्दाेलन सुरू गरेकाे बताउनु भयाे ।

याे आन्दाेलन २०८१ साल चैत २४ देखि ३० गते सम्म हुने र  याे आन्दाेलन सफल पार्न  सबै न्यायप्रेमि जनताहरूकाे साथ सहयाेग आवश्यक पर्ने भएकाेले सबै बाट साथ सहयाेगकाे अपेक्षा  गरेको बताउनुभयो ।
उहाँले याे आन्दाेलनलाई सफल बनाउन पालिकास्तरिय संघर्ष समिति गठन गरेकाे जानकारी दिनुभएको छ ।
जनमाेर्चा केन्द्रीय सदस्य झबिलाल थापाकाे संयाेजकत्वमा १७ सदस्यीय भुमिकास्थान नगर स्तरिय संघर्ष समिति ,जिल्ला अध्यक्ष थम्मन के.सि.काे  संयाेजकत्वमा १२ सदस्यीय  सन्धिखर्क नगरस्तरिय संघर्ष समिति,  राजमाे जिल्ला उपाध्यक्ष गाेपाल पाैडेलकाे संयाेजकत्वमा  ४ सदस्यीय पाणिनि गाउँपालिका स्तरीय  संघर्ष समिति , जाेख बहादुर सारूकाे संयाेजकत्वमा सितगंगा नगर स्तरिय संघर्ष समिति ,    भिमलाल आचार्यकाे संयाेजकत्व ८ सदस्यीय मालारानी गाउँपालीका स्तरिय संघर्ष समिति ,गंगाराम खनालकाे संयाेजकत्वमा ४ सदस्यीय छत्रदेव गाउँपालिका स्तरीय संघर्ष समिति , गठन गरेकाे  पत्रकार सम्मेलनमा अध्यक्षले जानकारि दिनु भयाे  ।
उपराेक्त समितिहरूले आआफ्नाे पालिकामा संघीयता बिरूद्धकाे राजधानी केन्द्रीत आन्दाेलनमा जन शक्ति राजधानी उतार्न ,जनभेटघाट ,प्रचार प्रसार ,संगठन निर्माण तथा आर्थिक संकलन अभियान सन्चालन गरिने अध्यक्ष थम्मन केसिले जानकारि दिनु भयाे ।
पत्रकार सम्मेलनमा  उठेका प्रश्न,जिज्ञासाहरूकाे जवाफ प्रमुख अतिथि मनाेज भट्टले  दिनु भएको थियाे ।कार्यक्रममा ने.क.पा .मसालका प्रबक्ता पशुपति ढकाल , जनमाेर्चा  लुम्बिनी प्रदेश सल्लाहकार शेर बहादुर के .सि. , जनमाेर्चा केन्द्रीय सदस्य यमलाल पाेख्रेल , झबिलाल थापा , राजमाे जिल्ला उपाध्यक्ष  गाेपाल पाैडेल , किसान महासंघ जिल्ला सचिव भिमलाल  आचार्य ,  अनेमसंघ केन्द्रीय उपाध्यक्ष कल्पना पाेख्रेल ,जनजाति केन्द्रीय सचिव उषा पुन ,अन्टुक केन्द्रीय उपाध्यक्ष गाेबिन्द बि.सि . नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष गणेश खनाल ,  पत्रकार  महासंघ  अर्घाखाँचीका निवर्तमान अध्यक्ष अशाेक खनाल ,पत्रकार महासंघ प्रदेश काेषाध्यक्ष प्रेम नारायण आचार्य ,  प्रगतिशील  पत्रकार संघ नेपाल केन्द्रीय सचिव गाेपाल भट्टराई  लगायतका पत्रकारहरूकाे उपस्थिति रहेकाे थियाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार