एमाले पाणिनी -७ द्धारा शोक सभा सम्पन्न

नेकपा एमाले पाणिनी गाउँपालिका वडा न. ७ ले आज शोक सभा सम्पन्न गरेको छ ।

पाणिनी ७ अमिलेखोला निवासी युबराज भुसालको ९० वर्षको उमेरमा भएको निधनले आफ्नो पार्टीलाई अपुरणिय क्षति पुगेको भन्दै एमाले अड्गुरिले उहाँको सपना पूरा गर्न पार्टी लागिपर्ने बताएको छ ।

जिल्ला समन्वय समिति प्रमुख जिवनारायण कोइराला, जिल्ला कमिटी सदस्य कमल प्रसाद घिमिरे, जिल्ला सल्लाहकार परिषद सद्स्य टेकराज न्यौपाने, पालिका कमिटी अध्यक्ष गुनाखर लगायत पालिका कमिटी, वडा कमिटि उपाध्यक्ष चोपलाल पोख्रेल, सचीव पदम महत्रा अनेम सङ्घ पाणिनिका अध्यक्ष टोपकला कब्दार लगायत पदाधिकारी र सदस्यहरूको उपस्थितिमा शोकसभा सप्पन्न भएको हो ।

साथै एमालेले शोक बक्तब्य जारी गर्दै शोकाकुल परिवारजनमा पुगेको अपुरणिय क्षतिको लागि सहन सक्ने क्षमता प्राप्त होस भन्दै समबेदना समेत प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार