हिम लेकाली / पाणिनी न्युज डट कम
लुम्बिनी प्रदेश सांसद रामजी प्रसाद घिमिरेले जैविक विविधताकाे संरक्षण बिना मानव जीवन सुखि र स्वास्थ नहुने बताउनु भएको छ ।
हाम्रा परम्परागत रैथाने बाली ,जडिबुटि, पशुपंछी ,जलीय जीव ,परम्परागत परिकार ,बनस्पति हराउँदै गएकाेले यस्काे संरक्षण सम्बर्द्धन गर्नु अहिलेकाे पहिलाे काम भएकाे उहाले बताउनु भएको हो ।
नेपाल कृषि अनुसन्धान परिषद ,राष्ट्रिय कृषि अनुबंशिक स्राेत केन्द्र (जिन बैक ) खुमलटार ललितपुरकाे आयाेजनामा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ ढिकुरा गैरागाेठमा तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवसकाे उपलक्ष्यमा आयाेजित कृषि जैविक विविधता सम्बन्धि अन्तरकृया कार्यक्रम बाेल्दै घिमिरेले हाम्रा जडिबुटीहरू ,खाद्य पदार्थहरूलाई बिदेशिहरूले आफ्नाे उत्पादन भनेर दर्ता गरि स्वामित्व खाेस्ने काम भएको छ याे राज्यकाे चिन्ताकाे बिषय भएकाे बताउँदै
अब रैथाने सम्पति ,जैविक बिबिधताकाे संरक्षण सम्वर्धन गरि नेपाली पन जाेगाउँदै स्वस्थ्य र सुखिहुने मार्गमा उन्मुख हुन जरूरि भएकाेले प्रदेश सरकारबाट यस क्षेत्रकाे बिषयमा आवाज उठाउने बताउनु भयाे ।कार्यक्रमकाे बिषयमा प्रकाश पार्दै नेपाल कृषि अनुबंसित स्रोतकेन्द्र राष्ट्रिय जिन बैंक ( नार्क) प्रमुख डा. बाल कृष्ण जाेशीले रैथाने आनुबंसिक श्राेत भनेकाे जीवन भएकाे बताउँदै ,कृषि नीति अनुरूप प्राकृतिक संरक्षण ,सम्वर्धन र सदुपयाेग गर्दै जैविक बिबिधता जाेगाउन सके मात्र मानव जीवन रहने बताउँदै जिन बैकले कृषिका ५ क्षेत्र खाद्य ,पाेषण , स्वास्थ्य ,वातावरण ,ब्यबसाय अादि लाई जाेड दिएकाे बताउनु भयाे ।
उहाँले औषधिय अनाज बाट १५ किसिमका गम्भीर राेग समेत निकाे पार्न सकिने भएकाेले अब कृषि हस्पिटल र कृषि क्लिनिक समेत खाेल्न सरकार संग छलफल अगाडि बडेकाे बताउँनु भयाे ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै आयुर्बेद बिज्ञ ,जडिबुटी संरक्षक धर्मराज पाैडेलले २०१४ मा भारतीय मन्त्री रन्जित रे र नेपालका तत्कालिक स्वास्थ्य सचिव शान्ता श्रेष्ठ बिच नेपालकाे जडिबुटी र परम्परागत चिकित्सामा भारत काे हक लाग्ने भनी सम्झाैता भएकाे रहेछ ,त्यसकाे बिरूद्धमा हामी ले अदालतमा मुद्दा हालेकाे र त्यस्काे सुनुवाइ अहिले सम्म नभएकाे बताउनु भयाे ।
रैथाने बाली त्यस्का जात संगै पशु पंछि ,जीवजन्तु ,जडिबुटी ,रैथाने खाना लगायतका बिषयमा संरक्षण ,सम्बर्द्धन र अनुसन्धान गर्ने उद्देश्य ले राष्ट्रिय कृषि अानुवंशिक स्राेत केन्द्र ( जिन बैंक ) स्थापना भएको कार्यक्रम सन्चालक डा.मुकुन्द भट्टराईले बताउनु भयाे । कार्यक्रममा भूनपा नगर प्रमुख झबिलाल थापा ,कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरे ,कृषि विकास बैकका प्रमुख समाजसेवी प्रेम नारायण गैरे ,भुनपा कृषि शाखा प्रमुख रामबहादुर थापा, पूर्व वाड अध्यक्ष नारायण खनाल ,बीउ ब्यवसायी संघ प्रदेश अध्यक्ष युबराज पाैडेल , किसान माेति भट्टराई ,राम प्रसाद भुसाल ,पार्वता सारू, लगायतले मन्तव्य राख्नु भएको थियाे ।कार्यक्रम बडा अध्यक्ष खेमराज चुँदालीकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।