३१ जेष्ठ २०८२, शनिबार
३१ जेष्ठ २०८२, शनिबार

मानव अधिकार यलायन्स अर्घाखाँचीकाे तेस्रो जिल्ला अधिवेशन सम्पन्न ,,

हिम लेकाली
माघ ४ सन्धिखर्क
मानव अधिकार यलायन्स  जिल्ला शाखा अर्घाखाँचीकाे तेस्रो जिल्ला  अधिवेशन मदन आश्रीत स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको  छ  ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले ) जिल्ला कमिटी उपाध्यक्ष शम्भु पाेख्रेलले मानव अधिकारकाे  संरक्षणले मात्र शान्ति र शुसासन कायम हुने बताउँनु भएकाे छ ।
उहाँले मानव अधिकार यलायन्सले देश भरि मानव अधिकारका क्षेत्रमा गरेका कामकाे  प्रकाश पार्दै  निर्बाचित समितिलाई  बधाई  तथा सफल कार्यकालकाे शुभकामना ब्यक्त गर्नु भयाे ।

कार्यक्रममा पार्टी जिल्ला सचिव ताेज बहादुर रायमाझी (बिधान ) , कार्यालय सचिव लिला बराल , जिल्ला कमिटी सदस्य कमला खनाल भण्डारी  ,नगर कमिटी सदस्य प्रभा पाख्रेल, किसान महासंघका केन्द्रीय सदस्य ठाकुर खनालकाे  अातिथ्यता रहेकाे थियाे ।
जिल्ला अध्यक्ष बाबुराम शर्मा काे अध्यक्षता कमला परियारकाे सन्चालनमा अधिबेशन सम्पन्न भएकाे हाे ।
।अधिवेशनले कुलचन्द्र खनालकाे अध्यक्षतामा   सर्वसम्मत  ९ सदस्यीय समिति काे गठन गरेकाे छ ।

जस्काे उपाध्यक्षमा माेहनचन्द्र पाैडेल ,सचिव कुशुम अधिकारी ,सह सचिव सरस्वता खड्का , काेषाध्यक्ष रेखा बि.सि . सदस्यहरूमा लेखनाथ भूसाल ,कविता घिमिरे ,कमला परियार ,शिमा भुसाल  रहनु भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार