१ चैत्र २०८२, आइतबार
१ चैत्र २०८२, आइतबार

महिला पनि पेन्टिङमा ब्यस्त

जाेखिम माेलेर काम गर्न विवस  छन् पेन्टरहरू

हिम लेकाली
माघ ४ सन्धिखर्क
यतिबेला अर्घाखाँचीकाे सन्धिखर्क स्थित ठूलाठूला घरका भित्ताहरूमा हरियाेपृष्ठमा जस्मिन पेन्टस् लेखिएका सेता अक्षर टल्किरहेका छन् ।
यस्ता पेन्टिङ कार्यकाे लागि बर्सेनि विभिन्न ठाउँबाट प्रचार सामाग्री लिएर बिज्ञापनका लागि पेन्टरहरू सन्धिखर्क आउने गर्छन् ।
यसै गरि पेन्टर प्रलाद चाैहान   पेन्टिङ काम गर्न  सन्धिखर्क आएकाे १ महिना बित्दै छ । श्रीमती सहित  सन्धिखर्कमा आएका उनी एक घरमा काेठा लिई बसेका छन्   ।
चाैहान अहिले यहाँ जस्मिन पेन्टसकाे काममा ब्यस्त छन् । उनी दिन भर एउटा फलामे भर्याङ्गकाे भरमा  भित्ताहरूमा झुन्डिएर काम गर्छन् । उनकाे याे काममा श्रीमती कर्मि चाैहान सघाउ छिन् । रङ्ग पाेत्छिन् र लेख्छिन् पनि ।
चाैहान याे पेशामा लागेकाे १४ वर्ष भएकाे बताउँ छन् ।उनकाे स्थाई घर गाेरखपूर भएकाे र अहिले बुटवलकाे मजुवामा पसिना बगाएर  दुखले एउटा बास जाेरेकाे उनी  बताउँछन् । श्रीमती कुर्मि चाैहानकाे माईत  पश्चिम रूकुम रहेछ  उनिहरूकाे भेट बुटवलमा भए पछि माया प्रेम बढे पछि उनिहरूले विवाह गरेका रहेछन् ।
कुर्मिले आफ्नाे घरकाे बारे बताउँदै भनिन्  ठुलाे छाेरा अहिले १२ कक्षा मा र छाेरि ९ कक्षामा पढ्छिन् , उनिहरू साना छदा घर छाेडेर हिड्ने स्थीति थिएन अहिले हुर्के बडे सबै काम आफै गर्न सक्ने भए  त्यसैले हामी  अहिले  उनलाई घरमा  छाडि  संगै काममा हिडेका छाैं ।
साहस गरेपछि जे पनि गर्न सकिदाे  रहेछ सुरू सुरूमा यसरी भर्याङ चडेर काम गर्दा डर लाग्थ्याे ,खुट्टा  काम्थे मानिसहरू महिला पनि यस्ताे अफ्ठाराे काम गर्ने भन्थे ,अहिले काम गर्दै जँादा सहज भएकाे छ । यसरी श्रीमान संगै काम गर्न थालेकाे ५ वर्ष भै सकेकाे उनले बताईन् ।


यतिबेला चाैहान ले सन्धिखर्कमा ५०० वाल पेन्टिङ गरेकाे बताए , याे काम गरे बापत उनले   कम्पनी बाट याँ काम कजाउने साहू बाट  प्रति वाल १२ रूपिया स्क्वायर फिटमा रकम पाउँछन्  यसरी मासिक ४० हजार कमाई हुने उनले बताए ।

पेन्टिङ गर्दाका समस्याहरू बताउदै उनी भन्छन्  समस्या धेरै छन् , हाम्रो  समस्या कसैले बुझ्दैन , हाम्रा सुख दुखका समाचार बन्दैनन् , राज्य बेखबर छ हामी पेन्टरहरूलाई कलाकार हुन् भन्ने  नै सम्झिन्न । ठुला ठुला ठाउँमा काम गर्न निकै खतरा हुन्छ भर्याङ बाध्नु पर्छ झुक्किएर खसियाे भने ज्यानै जान्छ , यसरी काम गर्दा बिमा छैन , मिहनत अनुसारकाे ज्याला पनि एकदम कम छ । आर्टिष्टहरूकाे पक्षमा काम गर्ने संस्था  कमर्शियल आर्टिष्ट संघ छ भन्ने सुनेकाे छु ,थाहाँ छैन त्यसले पनि के गर्दै छ ?


लामाे समय इनामेलमा काम गर्दाकाे कारण  पछि गएर  पेन्टरहरू  स्वास प्रस्वासकाे बिरामि  परेका छन् , काम गर्दा भर्याङबाट लडेर घाइते अपांग भएका छन्  ई र यस्तै थुप्रै समस्याका कारण पेन्टिङ कार्यमा लाग्नेहरूकाे संख्या  दिनहुँ  घट्दै गएकाे छ , खाेलिएका आर्ट पसलहरू डिजिटल प्रविधिका कारण बन्द  हुँदै गएका छन् ।
हातले लेख्ने जमाना गए हजुर लामाे सास फेर्दै उनले भने ।
उनी अहिले  ग्लाेबल मिडिया बुटबल ( कालिकानगर ) बाट काममा आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार