३१ जेष्ठ २०८२, शनिबार
३१ जेष्ठ २०८२, शनिबार

राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल , अर्घाखाँचीकाे अधिबेशन फाल्गुन  १० गते हुने

हिम लेकाली
माघ ९ सन्धिखर्क 
नेकपा ( एमाले ) सम्बद्ध राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल , अर्घाखाँचीकाे साताैं जिल्ला अधिवेशन  फाल्गुन १० गते सन्धिखर्कमा हुने भएकाे छ ।
महासंघकाे  बुधबार मदन आश्रीत स्मृति भवन सन्धिखर्कमा बसेकाे बैठकले अधिवेशनकाे मिति तय गरेकाे हाे ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल ,अर्घाखाँचीका अध्यक्ष बलबहादुर रायमाझी काे अध्यक्षता र सचिव रामचन्द्र भुसालकाे सन्चालनमा बैठक सम्पन्न भएको हाे ।
नेकपा  ( एमाले ) जिल्ला कमिटी उपाध्यक्ष शम्भु प्रसाद पाेख्रेलकाे प्रमुख आतिथ्यमा सम्पन्न  बैठकमा  प्रदेश  सल्लाहकार  परिषद   सदस्य चुरामणि भुसाल, कार्यालय सचिव लिला बि.क  , जिल्ला कमिटी सदस्य तथा महासंघ ईन्चार्ज शान्ता नेपाली , नेकपा एमालेका नेता पदम क्षेत्री  ,  सन्धिखर्क विषेश ईलाका कमिटी अध्यक्ष प्रेम भुसाल  , किसान महासंघ जिल्ला  अध्यक्ष लक्ष्मण कडेल ,  राजसा महासंघ केन्द्रीय सदस्य शिव शाह ,पूर्व केन्द्रीय सदस्य राजेन्द्र जि.सि . लगाएतकाे आतिथ्यता  रहेकाे थियाे ।

बैठकले अधिबेशन सम्पन्न गर्न अध्यक्ष   बल बहादुर
रायमाझीकाे अध्यक्षतामा ३७ सदस्यीय जिल्ला  अधिवेशन  आयाेजक  कमिटीकाे गठन गरेकाे छ ।  यसैगरि  विभिन्न  उप समितिहरूकाे  समेत गठन गरेकाे छ ।
जस्मा बल बहादुर रायमाझी संयाेजक रहेकाे  आर्थिक ब्यबस्थापन समिति जस्मा सीता क्षेत्री , रेशम आचार्य र शिव शाह रहनु भएकाे छ ।


प्रचार प्रसार उप समितिकाे संयाेजकमा राम बस्नेत संगै माेहन राउत ,पार्वता श्रेष्ठ , महेश बि.क. ,सिर्जना परियार रहनु भएको  छ ।
ब्यबस्थापन समितिमा संयाेजक सुशील परियार  साथमा रामचन्द्र भुसाल , ईश्वरी परियार ,सरस्वता श्रेष्ठ रहनु भएकाे छ ।
बैठकले सदस्यता नबिकरण र ६ वाेटै पालिकामा प्रतिनिधि छनाैटकाे लागि जिल्ला कमिटीका पदाधिकारी सदस्यहरूलाई जिम्मेवारी समेत  प्रदान गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार