१ चैत्र २०८२, आइतबार
१ चैत्र २०८२, आइतबार

कार्यक्रम “प्रकाशमय भबिष्य ” सक्षम र अनुशासित बन्दै विद्यार्थीहरू

हिम लेकाली
माघ १४ अर्घाखाँची

शान्ति माध्यमिक विद्यालय मालारानी ५   अर्घाखाँचीमा अध्ययनरत  विद्यार्थीहरूलाई  २ दिने ” प्रकाशमय कार्यक्रम ” अन्तरगत  प्रशिक्षण  प्रदान  गरिएकाे छ ।

हर्ट ल्याण्ड एकेडेमी माध्यमिक विद्यालय वाफल काठमाडौबाट आएका १२ कक्षा  पढ्दै गरेका विद्यार्थीहरूले  माघ १३ र १४ गते  साे विद्यालयमा   प्रशिक्षण दिएका हुन् ।
Clcr अस्ट्रेलिया संगठनकाे सहयाेगमा उनिहरू देशका विभिन्न ठाउँका विद्यालयमा पुगेर कार्यक्रम चलाउँ छन् । बिदाकाे बेला पारेर उनीहरू अर्घाखाँची आएका हुन् ।
उनिहरू प्रशिक्षणमा कहाँ कहाँ जाने विद्यालयले नै छनाैट गरि   पठाएकाे  र अहिले ३ टाेली देशका विभिन्न भागमा  कार्यक्रमकाे लागि निस्केकाे टिम लिडर निर्जला पराजुलीले बताईन् । उनकाे घर अर्घाखाँची हाे र उनी त्यहि बाफल काठमाडौ पढ्छिन् ।
विद्यार्थीलाई  पढाईका साथै अतिरिक्त कृयाकलाप ( बाैद्धिक ,शारीरिक ,साहित्यीक ,मनाेबैज्ञानिक ) हिसाबले क्षेमतावान बनाउने उद्देश्यले  याे कार्यक्रम सन्चालन गरिएकाे   पराजुलीले बताईन् । ग्रामिण तहका विद्यार्थीहरूलाई याे प्रशिक्षण सारै उपयाेगी रहेकाे उनकाे भनाइ  छ ।
उनले भनिन्  याे कार्यक्रमले विद्यालय पढ्दै गरेका किशाेरिहरूलाई महिनावारी समस्या ,पाठेघरकाे क्यान्सर जस्ता खतरानाक राेगबारे चेतनाजगाउँने छ , विद्यार्थीकाे आन्तरिक चाहना र क्षमता अनुसारकाे अतिरिक्त कृयाकलापमा सकृय बनाउन रूचि जगाउँने  छ ,घाेकेर नभै बुझेर पढ्ने बानीकाे विकास गराउँदै  , आत्मविस्वासकाे जागरण गरि बाेल्ने बानीकाे विकास गराउने छ साथै  see परीक्षा  पछि के गर्ने भन्ने बारेकाे कक्षाले  उनिहरूलाई   भाेलीकाे दिनमा  दिशानिर्देश   गर्न  सघाउने छ ।

प्रशिक्षण टिममा  प्रतिभा रानामगर  (धादिङ ), सलिन थापा (ईलाम) ,अभि लम्साल ( सिराहा ),संगम कार्कि ( रामेछाप ),साैगात लामा (काठमाण्डाै ) बाट  निर्जला पराजुली सम्लग्न  रहेका छन् ।
उनिहरूले बिद्यालयमा रहेका विद्यार्थीका सदन ,     रेडक्रस ,बालक्लव  लाई राखि प्रशिक्षण दिएका छन्
। भने छात्राहरूलाई सेनेटरि प्याडकाे प्रयाेग र समस्या बारे प्रशिक्षण , कक्षा६ र ७ का विद्यार्थीहरूलाई हेण्डराईटिङ्ग र ड्राेईङ् कम्पिटिसन गराई उत्कृष्ट हुनेहरूलाई पुरस्कृत ,साथै छात्र छात्रा  सम्मिलित सामुहिक बैठक पनि सम्पन्न गरेकाे सहायक  प्रधानाध्यापक माधव पन्थीले बताउनु भयाे ।

१२ कक्षाकाे बाेर्ड परीक्षा सके पछि अर्काे चरणमा फेरि  पनि  आउने सलिन थापाले   बताए ।
विद्यालयमा गरिने  कामकाे रिपोर्ट  क्लब मार्फत लिने  र सम्पर्कमा रहिरहने उनिले बताए  ।


कार्यक्रम सक्काएर फर्किदा संस्थाले दिएकाे  ३० हजार बराबरकाे  सहयाेग बापत स्टेसनरि सामान ,  ८,९ र १० कक्षाका छात्राहरूलाई सेनिटरि  प्याड   , साथै खेलकुदका सामाग्री समेत छाेडेर जाने उनले बताए ।   याे अभियमनमा    यातायात खर्च  र खाना तथा आवास खर्च  आफैले ब्यबस्थापन गरेकाे  थापाले बताए  ।
कार्यक्रमकाे दाेश्राे दिन समवार   विद्यालयका  प्रधानाध्यापक मानबहादुर पाण्डेले कार्यक्रममा समापन मन्तब्य राख्दै  यस कार्यक्रमले अन्तर्राष्ट्रिय सम्बन्धलाई थप बिस्तार गर्न सघाउ पुर्याएकाे  बताउँनु भयाे ।
उहाँले भन्नू भयाे विद्यार्थीले विद्यार्थीलाई नै प्रशिक्षण दिदा विद्यार्थीमा नयाँ भावकाे जागरण भै  धेरै सिक्दाे रहेछन् , याे सिकाई र अभ्यास सारै राम्रो  छ अब अरू विद्यालयले पनि याे कार्यकाे अनुसरण गर्नु पर्छ ।

उहाँले   प्रशिक्षण प्रदान गर्ने विद्यार्थीहरूलाई  सम्मान पत्र  र  मायाकाे चिनाे प्रदान गर्दै धन्यवाद र थप सफलताकाे शुभकामना ब्यक्त गर्नु भएको  छ ।

याे टिम १८ सम्म अर्घाखाँची रहने र यहाँ बाट भाेली श्री सिद्ध मा.वि . भडार जाने बताईएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार