२४ असार २०८२, मंगलबार
२४ असार २०८२, मंगलबार

पाणिनी गाउँपालिकामा सम्पन्न सातौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि हरिहर मा.वि. लाई

अर्घाखाँची । 

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा सातौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ । पाणिनी गाउँपालिकाको बरका रूख खेल मैदानमा बुधवार सम्पन्न भएको प्रतियोगितामा पालिकाका १६ माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो । सातौँ संस्करणको अन्तर विद्यालय स्तरीय प्रतियोगितामा हरिहर संस्कृत तथा साधारण माध्यमिक विद्यालयले ४ स्वर्ण , ६ रजत र ३ काश्य जित्दै उपाधि भित्राउन सफल भएको छ।

यस्तै प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको धातिवांङ माध्यमिक विद्यालयले ४ स्वर्ण, २ रजत र २ काश्य हात पारेको छ । नेपाल राष्ट्रिय माध्यामिक विद्यालय पणेनाले ४ स्वर्ण, १ रजत र ६ काश्य जित्दै तेस्रो स्थान हात पारेको छ ।

उपाधि जितेसँगै प्रथम भएको हरिहर संस्कृत तथा साधारण माध्यमिक विद्यालयले २० हजार, द्वितीय भएको धातिवांङ माध्यमिक विद्यालयले १२ हजार र तृतीय भएको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय पणेनाले ८ हजार नगद पुरस्कार, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको गरेको छ ।

 

आज सम्पन्न भलिबल छात्रा तर्फ सिद्ध मावि पाणिनी २ ले उपाधि हासिल गरेको छ भने छात्र तर्फ द्यौराली माविले पटौटिले उपाधि हासिल गरेको छ ।

 

कार्यक्रमको समापन गर्दै पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले विजेता, सहभागी तथा प्रतियोगिता सफल बनाउन योगदान पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गरे। उनले पालिका खेलकुदको विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै खेलाडीहरूलाई अनुशासन र लगनशीलताका साथ खेल क्षेत्रबाट पालिकाको पहिचान बनाउन आग्रह गर्नुभएको छ ।

 

विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्स, भलिबल लगायतका १२ विधाका २४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा पालिकाभित्रका १६ विद्यालयका करिब ३ सय ५० विद्यार्थीले प्रतिस्पर्धा गरेका खेल शिक्षक गोविन्द पौडेलले जानाकारि दिनुभएको छ।

गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल, नि.वर्तमान गाउँपालिका अच्युत गौतम, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, वडा अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापक, खेल शिक्षकहरु  तथा खेलाडीहरुको उपस्थितिमा सम्पन्न समापन समारोहको संचालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तेज बहादुर खनालले गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार