लक्ष्मी खनाल / अर्घाखाँची ।
अखिल नेपाल महिला संघ जिल्ला युवा सम्मेलन आज जिल्ला सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ ।
सम्मेलनले बिमला के.सी.को अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
निर्वाचित कमिटिको उपाध्यक्षमा बिस्नुमाया न्यौपाने,
सचिवमा सुशीला पन्थी, सह सचिवमा गीता सुनार र
कोषाध्यक्षमा पुष्पा आचार्य सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
यस्तै निर्वाचित सदस्यहरुमा प्रमिला परियार, मनीषा मुखिया, अमृता बि. क., उषा नेपाली, राधा खनाल, लक्ष्मी कुँवर, सपना राना, नुम कुमारी भटराई, कल्पना बि. क.
रहनुभएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष दिपा आचार्यले महिलाहरुले हरेक कार्यक्रममा अर्थपूर्ण सहभागिता जनाइ जुजारु र शसक्त भएर आफुलाई अब्बल बनाउदै पाटी हितको काममा लाग्नुपर्ने बताउनुभयो ।
यसैगरी नेकपा एमाले जिल्ला उपाध्यक्ष शम्भु पोखरेल , कार्यालय सचीव लिलबहादुर बि क , मालारानी गाउँपालिका पुर्व उपाध्यक्ष प्रमिला क्षेत्री ,प्रेस चौतारी जिल्ला अध्यक्ष नवीन के. सी. ले लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सम्मेलनमा जिल्लाभरका ३ नगरपालिका र ३ गाउँपालिकाबाट युवा महिलाहरुको उल्लेख्य उपस्थितिमा कार्यक्रम सप्पन्न भेको हो ।
कार्यक्रम जिल्ला अध्यक्ष दिपा आचार्यको अध्यक्षता र सरस्वता खनालको संचालनमा सम्पन्न भएको थियो ।