३१ जेष्ठ २०८२, शनिबार
३१ जेष्ठ २०८२, शनिबार

सिमलपानीमा नागरिक संवाद : समृद्धि र विकासका लागि ऐतिहासिक प्रतिबद्धता कार्यक्रम

सिद्धार्थ सागर के.सि.
विशेष संवाददाता / पाणिनी न्युज डटकम

सिमलपानीमा नागरिक संवाद : समृद्धि र विकासका लागि ऐतिहासिक प्रतिबद्धता कार्यक्रम सम्पन्न

सिमलपानी – जन्मथलोको समृद्धि र दिगो विकासका लागि सिमलपानीबाट कपिलवस्तु बाणगंगा नगरपालिकामा बसोबास गरिरहेका आफन्तहरूसँग विशेष नागरिक संवाद कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

शीतगंगा नगरपालिका -१३ सिमलपानीका युवा नेता तथा वडा अध्यक्ष दुर्गा बहादुर बीसीको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न सम्माननीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका शीतगंगा नगरपालिकाका उपप्रमुख गीता भाटले जन्मथलोको समृद्धिका लागि स्थानीयस्तरबाट भएका पहलहरू प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल सरकारका उपसचिव तथा सिमलपानी साविक गाविसका पूर्व अध्यक्ष राजन कुमार बीसी रहेका थिए। उनले सिमलपानीको समग्र विकासमा आफू निरन्तर क्रियाशील रहने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार, र आर्थिक उन्नतिको क्षेत्रमा दीर्घकालीन योजनाहरू अघि सार्नुपर्ने धारणा राख्नुभएको छ ।

त्यसैगरी, विशेष अतिथि कृषि बैंकका अधिकृत रत्न भाट ले स्थानीय युवाहरूलाई कृषि तथा उद्यमशीलतामा प्रेरित गर्नुपर्ने बताए। उनले कृषि क्षेत्रमा आधुनिक प्रविधि भित्र्याएर आर्थिक विकासलाई टेवा दिनुपर्ने आवश्यकता औंल्याउनुभएको थियो ।

विशेष अतिथि सिद्धार्थ गौतम बुद्ध क्याम्पस, बाणगंगा -१, बुन्चीका शिक्षक प्रभात बीसी ले शिक्षा नै समुदायको समृद्धिको मेरुदण्ड भएकाले शिक्षामा लगानी गर्नुपर्ने धारणा राख्नुभएको छ ।

नेपाल आर्मी तथा भूपू सैनिक खिम बहादुर बीसी विशेष अतिथिका रूपमा उपस्थित रहे। उनले समाजसेवा र राष्ट्रिय सुरक्षामा योगदान दिने अवसरबारे आफ्ना विचार प्रस्तुत गर्नुभएको छ ।
कार्यक्रममा वडा सदस्यहरू बाबुराम बीसी, टान बहादुर बीसी, तुलसा बीसी लगायत सम्पूर्ण वडा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वडाको समृद्धिका लागि उनीहरूले देखाएको प्रतिबद्धता सराहनीय रहेको कार्यक्रममा चर्चा गरियो।

नेतृत्वप्रति सम्मान

वडा अध्यक्ष दुर्गा बहादुर बीसी, उपप्रमुख गीता भाट, र नेपाल सरकारका उपसचिव राजन कुमार बीसीको कार्यप्रति विशेष सम्मान व्यक्त गरियो। उनीहरूको नेतृत्वमा सिमलपानीको विकासका लागि महत्त्वपूर्ण कदमहरू उठाइँदै आएको भन्दै कार्यक्रममा सहभागीहरूले उच्च मूल्यांकन गर्नुभएको छ ।

युवाहरूको सक्रिय भूमिका

सिमलपानी सिर्जनशील युवा क्लबका अध्यक्ष खिम बहादुर बीसी ले युवाहरूलाई संगठित गर्दै सामाजिक विकासमा पुर्‍याएको योगदानको कार्यक्रममा विशेष प्रशंसा गरियो। उनले कार्यक्रममा मन्तव्य राख्दै भने, “स्थानीयस्तरको समृद्धिका लागि बाहिर रहेर पनि जन्मथलोको विकासमा चासो राख्नु अत्यन्त महत्वपूर्ण छ। यो संवादले हाम्रो वडाको समृद्धि र दिगो विकासका लागि मार्गचित्र तयार गर्न मद्दत गर्नेछ।”

कार्यक्रमले स्थानीयस्तरमा समृद्धि ल्याउने नयाँ योजनाहरूको थालनी गर्ने प्रतिबद्धता व्यक्त गर्दै सफलतापूर्वक समापन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार