भगवती आधारभूत बिधालय सन्धिखर्क -४ वाङ्लॉको ३०औं  वार्षिकोत्सब

लक्ष्मी खनाल / अर्घाखाँची ।

भगवती आधारभूत बिधालय सन्धिखर्क -४ वाङ्लॉको ३०औं  वार्षिकोत्सब समारोह एक कार्यक्रमका बिच  सोमबार सम्पन्न भएको छ  ।

कार्यक्रममा बोल्दै  सन्धिखर्क -४का वडा अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले यस बिधालय पठन पाठन देखि हरेक क्रियाकलापमा वडाकै उत्कृष्ट बिधालय भएको उल्लेख गर्दै निरन्तर कर्मशिल बनेर नमुना शैक्षिक क्रियाकलापको लागि शुभकामना दिनुभएको थियो ।

 

वडा सदस्य चोप नारायण श्रेष्ठले यस विधालयको हितको लागि वडाबाट कुनै कमजोरी हुन नदिने कुरामा विश्वस्त पार्नुभएको छ ।

बिधालय व्यवस्थापन समितीका अध्यक्ष मानबहादुर सुनारले आफूले बिधालय व्यवस्थापनको लागि साधन स्रोत जुटाउन आफू सदैव लागिरहने कुरा व्यक्त गर्नु भयों ।

 

समारोहमा अक्षयकोसको ब्याज बाट उठेको रक़म बाट  बिधार्थीहरुलाई ड्रेस र स्टेशनरी वितरण गरीको थियो ।

समारोहमा बिभिन्न सांस्कृतिक कार्यक्रम भजन कृतन जस्ता कार्यक्रम प्रस्तुत गरिएको थियो ।

छिमेकी बिधालयका प्रधानाध्यापक, वडाका जनप्रतिनिधिहरु अक्षयकोसदाता, अभिभावकहरु , बिधार्थी र स्थानीयको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मान बहादुर सुनारको अध्यक्षता र शिक्षक लक्ष्मी खनालको स्वागत मन्तव्य र प्रधानाध्यापक प्रकास खनालको संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार