पाठेघरको मुखको क्यान्सर विरुद्धको एच• पि•भि• खोप अभियान -२०८१को आज एक कार्यक्रमका बीच सन्धिखर्क नगरपालिकाको वडा न. ११मा रहेको विजय माध्यमिक बिद्यालयबाट शुभारम्भ भएको छ ।
सन्धिखर्क नगरपालिका – ११ का वडा अध्यक्ष चेतनाराण आचार्यको प्रमुख आथित्यता, सन्धिखर्क नगरपालिकाका- ११ वडा सदस्य कृष्ण चुदालि, विजय माध्यमिक बिद्यालयका प्रधानाध्यापक युबराज भुसाल, स्वास्थ्य चाैकि प्रमुख यादब पान्डे, स्वास्थ्य चाैकिका स्वास्थ्यकर्मि लक्ष्मि जि.सि.,सबिता खनाल महिला स्वास्थ्य स्वमसेबिकाहरु , बिधालयका शिक्षक तथा बिद्यार्थीहरुको उपस्थितिमा भ्याक्सिन क्यारियर हस्तान्तरण गरि प्रमुख अतिथीबाट कार्यक्रमको शुभारम्भ गरिएको हो ।
आजै सो बिधालय केन्द्र पायक पर्ने समुदाय स्तरका ६ देखि १४ वर्ष र बिद्यालयमा अध्ययनरत ६ देखि १० कक्षा सम्माका किशोरीहरुलाई एच.पि.भि. खोप लगाएको छ । यो अभियान देश ब्यापीरुपमा आज शुरु भइ फाल्गुन ६ गते सम्म संचालन हुनेछ ।



