२४ असार २०८२, मंगलबार
२४ असार २०८२, मंगलबार

प्रेस चौतारी नेपाल अर्घाखाँचीले मनायो २७ औं स्थापना दिवस

नवीन विक / अर्घाखाँची
प्रेस चौतारी नेपाल अर्घाखाँचीले २७ औं स्थापना दिवस दीप प्रज्ज्वलन गरि मनाएको छ । सन्धिखर्कको शान्ति बगैंचामा दीप प्रज्ज्वलन गरि आफ्नो स्थापना दिवस मनाएको हो । २०५५ साल माघ २२ गते स्थापना भएको प्रेस चौतारी नेपालले आज २७ औं स्थापना दिवस मनाएको छ ।

प्रेस चौतारी नेपाल पत्रकारको हकहितका लागि अग्रपंक्तिमा रहने संस्था भएको भन्दै स्थापना दिवसको अवसरमा नेकपा एमालेका प्रदेश सदस्य सिद्धि प्रसाद भुसालले  शुभकामना व्यक्त गरे ।

यस्तै प्रेस चौतारी नेपालका जिल्ला ईन्चार्ज हिम जिसी (लेकाली)ले श्रमजीवी पत्रकारहरुको अग्रणी संगठन प्रेस चौतारी भएको बताए ।

कार्यक्रममा नेकपा एमाले कार्यालय सचिव लिला विक, प्रेस चौतारी नेपालका निवर्तमान जिल्ला अध्यक्ष बसन्त श्रेष्ठ, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष सागर परियार, पत्रकार महासंघका निवर्तमान सदस्य अशोक चौहान लगायतको अतिथ्यता रहेको थियो ।

कार्यक्रम प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष नविन केसीको अध्यक्षता र सचिव नवीन विकको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार