२८ फाल्गुन २०८२, बिहिबार
२८ फाल्गुन २०८२, बिहिबार

सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण सम्पन्न

सन्धिखर्क नगरपालिका वडा नं ११मा सन्धिखर्क नगरपालिकाको आयोजनामा बैदेशिक रोजगारीमा जाने सम्भावित आप्रवासी कामदारहरुलाई सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।


वैदेशिक रोजगारीमा जाने संभावित आप्रवासी श्रमिक, वैदेशिक रोजगारीमा रहेका ब्यक्तिका परिवारका सदस्यहरू, वैदेशिक रोजगारिबाट फर्किएर आएका ब्यक्ति तथा तिनका परिवारहरु सम्म सुरक्षित, लाभदायिक तथा सामाजिक लागत न्युन बनाउने उदेश्यका साथ कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा वडाध्यक्ष चेतनाराण आचार्य को अध्यक्षता रहेको थियो । कार्यक्रममा अथितिहरु वडा सदस्य कृष्ण चुदालि,तुल बहादुर कुबर,निर्मला भुसाल, करुणा पान्डे बि.क. सचिव पुस्कर आचार्य, डिभर्ना स्वास्थ चाैकि प्रमुख यादब पान्डे,प्रेस चाैतारि अर्घाखाँची उपाध्यक्ष सिद्धार्थ सागर के.सि. काे उपस्थित रहेकाे थियाे ।सामी जिल्ला कार्यक्रम संयोजक बसन्त श्रेष्ठ लगातयले शुभकामना मन्तब्य दिनुभएको थियो ।

कार्यक्रममा आप्रवासी श्रोत केन्द्रका परामर्शकर्ता अम्बिका श्रेष्ठ, मुना श्रेष्ठ, मनोसामाजिक परामर्शकर्ता दिक्षा श्रेष्ठ लगायतले सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी प्रकाश पार्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार